काठमाडौँ, जिल्ला प्रशासन कार्यालयले राष्ट्रपति निवास परिसर लगायतका संवेदनशील क्षेत्रमा पनि कफ्र्यु लगाएको छ ।शीतल निवास आसपास महाराजगन्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि कफ्र्यु थप गरेको छ ।
यसअघि प्रशासनले माइतीघर, बानेश्वर,[ तीनकुने र शंखमुल आसपासमा राति १० बजेसम्मका लागि कफ्र्यु जारी गरिसकेको छ ।