spot_img

नाैं जवान युवाहरूकाे नरसंहारमा सरकारः१९ युवा मारिए,४२६ घाइते,गाेलि हान्ने देखि मध्यराती अस्पतालसम्म प्रहरीकाे बर्बर दमन,अरूलाइ दाेष लगाएर पन्छिन खाेज्दै कांग्रेस एमाले

spot_img

भ्रष्टाचारको छानबिन र सामाजिक सञ्जाल खुला गर्नुपर्ने मागसहित सडकमा उत्रिएको जेन–जी पुस्तामाथि गोलीको वर्षा सडकमा मात्रै होइन, अस्पतालको इमर्जेन्सीमा समेत छिरेर स्वास्थ्यकर्मीमाथि बजारियो बुट र लाठी
भ्रष्टाचार, बेबी नेपो र सामाजिक सञ्जाल बन्दविरुद्ध भएको जेन–जी प्रदर्शनमा सरकारले १९ निहत्था नौजवानको नरसंहार गरेको छ । ४२६ घाइते भएका छन्, जसमध्ये ४२ आइसियूमा छन् ।

माइतीघरमा जम्मा भएर नयाँ बानेश्वर पुगेका युवा संसद् भवन प्रवेश गरेपछि सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाएको थियो । युवाहरू गोली लागेर भटाभट ढल्न थालेपछि जेन–जी प्रदर्शन काठमाडौंबाहिर पनि विस्तार भएको थियो । देशका विभिन्न सहरमा प्रदर्शन भएकामा काठमाडौंमा १७ र इटहरीमा दुईजनाको मृत्यु भएको छ ।

उपत्यकाका ठुला अस्पताल घाइतेले थेगिनसक्नु छ । इमर्जेन्सीमा रगताम्य घाइतेको दृश्यले जो–कोहीको मुटु हल्लाउँछ । घाइतेको चाप थेग्न नसकेपछि कतिपयलाई अस्पतालले भुइँमै राखेर सेवा दिएका थिए । तर, सरकारको बर्बरता सडकमा मात्रै होइन, अस्पतालमा पनि रोकिएन । सिभिल अस्पतालको इमर्जेन्सीमा गएर प्रहरीले चिकित्सकमाथि बुट र लाठी बर्सायो । सोही अस्पताल हाताभित्र अश्रुग्यास र रबरका गोली चलायो ।

बानेश्वरनजिक रहेका सिभिल र एभरेस्ट अस्पतालमै घाइतेको ठुलो चाप भयो । गम्भीर घाइतेलाई ट्रमा सेन्टर ल्याइएको थियो । केहीलाई केएमसी र त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो । तर, बानेश्वर क्षेत्र रणमैदानमा परिणत भएकाले एम्बुलेन्सबाट घाइते ओसार्न ढिलाइ भएको थियो ।

एकैपटक धेरै घाइतेको चापका कारण उपचारमा चुनौती थपिएको सिभिल अस्पतालका कार्यकारी निर्देशक डा। मोहनचन्द्र रेग्मीले बताए । ‘एकैपटक धेरै बिरामी अस्पतालमा आउँदा उपचारमा चुनौती भयो, बेड र रगतको अभाव हुन थाल्यो, त्यसपछि केहीलाई अन्यत्र रिफर पनि गर्‍यौँ,’ उनले भने, ‘अझ अस्पतालमै अश्रुग्यास प्रहार हुँदा थप समस्या निम्तियो । उपचार नै अस्तव्यस्त बन्यो ।’

ट्रमा सेन्टरको अवस्था उस्तै कारुणिक बन्यो । घाइते र मृतकको संख्या बढ्दै गएपछि अस्पतालबाहिर आफन्तको रुवाबासी चलेको थियो । ट्रमाका निर्देशक डा। बद्री रिजाल वीरबाट जनशक्ति मगाएर भए पनि घाइतेको उपचार व्यवस्थित पार्ने प्रयास गरेको बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार ट्रमा सेन्टरमा आठजनाको मृत्यु पुष्टि भएको छ भने ५५ जना उपचारमा छन् । त्यस्तै, सिभिल र एभरेस्ट अस्पतालमा तीन–तीनजनाको मृत्यु भएको छ । सिभिलमा १७० र एभरेस्टमा १०२ जना उपचाररत छन् । केएमसीमा दुईजनाको मृत्यु भएको छ भने ३५ उपचाररत छन् । त्रिवि शिक्षण अस्पतालमा एकको मृत्यु भएको छ, १५ भन्दा बढीको उपचार भइरहेको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच र बी एन्ड बीमा चार घाइते उपचारमा छन् । उपत्यकाबाहिर इटहरीमा गोली लागेका दुईजनालाई धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले मृत घोषणा गरेको छ ।

घाइतेमध्ये ४२ जना आइसियूमा छन् । ट्रमा सेन्टर र एभरेस्टमा १२–१२, त्रिवि शिक्षणमा चार, केएमसीमा तीन, पाटनमा दुई तथा बी एन्ड बी र सिभिलमा एकक–एक आइसियूमा छन् । उपत्यकाबाहिर पनि ६ घाइते आइसियूमा छन् । केही घाइतेको सोमबारै अप्रेसन गरेर शरीरबाट गोली निकालिएको छ भने केहीको मंगलबार अप्रेसनको तयारी छ । त्यस्तै, प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेका अनुसार प्रहरीतर्फ पनि ३८ जना घाइते भएका छन् ।

सिभिलको इमर्जेन्सीमै छिरेर स्वास्थ्यकर्मीमाथि बुट र लाठी बजार्‍यो
सडकमा अन्धाधुन्द गोली चलाएर नरसंहार मच्चाएको सत्ताको बर्बरता अस्पतालमा पनि देखियो । अस्पतालको इमर्जेन्सीमै पुगेर प्रहरीले उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि बुट र लाठी बजार्‍यो । मृतक र घाइतेका आफन्तलाई लखेट्न अस्पतालभित्र अश्रुग्यास चलायो ।

बानेश्वरस्थित सिभिल अस्पतालको इमर्जेन्सीमै पुगेर प्रहरीले दुई नर्स र एक एमबिबिएस डाक्टरलाई बुट र लाठीले हान्यो । अस्पतालका निर्देशक डा। मोहनचन्द्र रेग्मीले अस्पताल हाताभित्रै प्रहरीले आतंक मच्चाएको बताए । ‘हतियारधारी प्रहरी इमर्जेन्सीमै छिरेर दुई स्वास्थ्यकर्मीलाई कुट्यो । युवाहरूलाई लखेट्दै प्रहरी अस्पतालभित्र छिरेको थियो,’ उनले भने, ‘इमर्जेन्सीमा आतंक मच्चाउनेमाथि कारबाही होस् ।’

सडकबाट अस्पताल क्षेत्रतिर भाग्दै गरेका प्रदर्शनकारीलाई लखेटेका प्रहरीले अस्पतालभित्रै अश्रुग्यास र रबरका गोली चलाएका थिए । प्रहरीको हुल अस्पतालभित्रै प्रवेश गरेपछि उपचारमा सक्रिय स्वास्थ्यकर्मी आत्तिएका थिए ।

स्वास्थ्य मन्त्रालयका सचिव डा। विकास देवकोटा सिभिल अस्पतालमा प्रहरीले अश्रुग्यास चलाउनु दुस्खद भएको बताए । ‘अस्पतालभित्रै प्रहरीले अश्रुग्यास हानेको कुरा त्यहाँका चिकित्सकले गुनासो गर्नुभएको छ, यस्तो गर्नु दुस्खद हो,’ उनले भने, ‘अस्पतालमा भएका अन्य बिरामीलाई पनि त्यसले असर गरेको छ ।’ त्यस्तै, सबैभन्दा धेरै आठको मृत्यु भएको र ५५ घाइतेको उपचार भइरहेको ट्रमा सेन्टरमा पुगेका आफन्तलाई प्रहरीले अस्पतालभित्र छिरेर दुव्र्यवहार गरेको छ । घाइते आफन्त भेट्न जाँदा प्रहरीले हातपात गरेको र अस्पतालबाट भगाएको हो ।

घाइते बोक्न काठमाडौं महानगरले खटायो १५ एम्बुलेन्स, घाइतेलाई खाना बाँड्यो
प्रदर्शनका घाइतेलाई अस्पताल पुर्‍याउन काठमाडौं महानगरपालिकाले १५ एम्बुलेन्स खटाएको थियो । घाइते ओसार्न समस्या भएपछि महानगरले आफूसँग भएका ती एम्बुलेन्स प्रदर्शन क्षेत्र र अस्पतालमा परिचालन गरेको थियो । त्यस्तै, महानगरले अस्पतालमा रहेका घाइतेलाई खानेकुरासमेत बाँडेको छ ।

रगतले पुग्यो महामहिमहरू, अब समर्पण गर्नोस्
२३ भदौको मध्याह्नदेखि रातिसम्मै काठमाडौंको बानेश्वर क्षेत्र र इटहरीलगायत देशका विभिन्न सहरमा राज्यले जे ताण्डव मच्चायो र जुन तहको मानवीय क्षति भयो, त्यो अब भयानक कालो दिनका रूपमा नेपालको इतिहास भएको छ । राज्य कतिसम्म क्रूर, कतिसम्म विवेकहीन, कतिसम्म अमानवीय र कतिसम्म निकृष्ट हुन सक्छ, प्रधानमन्त्री केपी ओली र सत्तारूढ गठबन्धनका सहचालक शेरबहादुर देउवा नयाँ मानक रच्न सफल भएका छन् । सोमबारको राज्य नियन्त्रित अपराध यति नांगो छ कि ओली र देउवालाई दोषी होइन, अपराधी करार गर्न न कुनै छानबिन समिति जरुरी छ, न न्यायिक समिति ।

जेन–जीले भ्रष्टाचार र कुशासनमाथि प्रश्न उठाए । के यी प्रश्न गलत थिए रु जेन–जीले शासक र बिचौलियाको अपवित्र र अनुचित सम्बन्धमाथि प्रश्न उठाए । के गलत प्रश्न उठाए रु जेन–जीले नेताका परिवारको शाही ठाँट र जनताका छोराछोरीको दयनीय जीवनस्तरमाथि प्रश्न उठाए । के अनुचित प्रश्न उठाए रु सिंगो देशले स्वीकार गरिसकेका यी प्रश्नको जवाफ सरकारले केले दियो रु गोलीले । यो शासन होइन, अपराध हो र अपराधीहरू अब सिंहासनमा बस्न हुँदैन, बस्न सक्दैनन् ।

गृहमन्त्री रमेश लेखकको राजीनामालाई कुनै सिँगारपटार गर्न जरुरी छैन । गृहमन्त्रीका रूपमा लेखकको नैतिकताले भुटानी शरणार्थी काण्डको अनुसन्धान गरिरहेका अधिकृतहरूको सरुवा गरेकै दिन सगरमाथा छोएको हो । त्यसपछि उनी कहिल्यै शिखरबाट ओर्लिएनन् । भिजिट भिसाको सेटिङदेखि जेन–जी पुस्ताको हत्यासम्म उनले निरन्तर देवरवाला ‘नैतिक चरित्र’ देखाइरहे । उनको राजीनामा यी सबै अपराधको सानो स्वीकारोक्ति हो, नैतिकता हुँदै होइन । ओली र देउवाले रमेश लेखकको मूल्यहीन राजीनामा देखाएर मुक्ति पाउन सक्दैनन् ।

खासमा ओली र देउवालाई आपूm उभिएको जमिनमा कति ठुलो सुनामी आउँदै छ भन्ने नै थाहा छैन । ओली–देउवाजी मात्र होइन, समग्र कांग्रेस–एमालेजीहरू, तपाईंहरूसँग अब शासनको कुनै अधिकार छैन । अबोधहरूको रगतले पोतिएको तपाईंहरूको अनुहार अब इतिहासका लागि शिक्षा होइन, कलंक हो । आपूmलाई जनताको अदालतमा समर्पण गर्नुहोस् र नागरिक सरकारको बाटो खोल्नोस् । यो देशले ०८४ कुर्न सक्दैन, कुर्न हुँदैन । यो देश अरू थप छोराछोरीको बलिका लागि तयार छैन ।

जेन–जी तपार्ईंहरूसँग माग्दै छ ०४६ सालयताका ३६ वर्षका कुशासनको हिसाब । भ्रष्टाचारको हिसाब । नागरिकमाथिको अत्याचारको हिसाब । नेतातन्त्रको हिसाब । खेर गएका ती वर्षहरूको हिसाब । हिसाब मागे भन्दैमा स्कुले केटाकेटीहरूलाई गोली हान्ने रु के यो देश तपाईंहरूको बिर्ता हो रु तपाईंहरू जति दिन सत्तामा टाँसिन ढिपी गर्नुहुन्छ, तपाईंहरूको अन्त्य त्यति नै क्रूर र अपमानजनक हुनेछ । नयाँ पत्रिकामा खवर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img