वीरगन्ज, खानेपानी मन्त्री प्रदीप यादवले राजीनामा दिएका छन्।सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले राजीनामा दिएको जानकारी गराएका हुन्।उनल् लेखेका छन्, ‘प्रिय युवा भाइ बहिनीहरू तपाईं नै मेरो प्रथम सहयोगी र मेरो जोश र ऊर्जाका सुत्रधार हुनुहुन्छ। हिजो जेन जी युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु। हामी सबैलाई संयमता अपनाई युवा पुस्तालाई सही मार्ग दर्शन दिन र सहयोग गर्न अपिल गर्दछु।’
जनता समाजवादी पार्टी (जसपा) का उपमहासचिव समेत रहेका यादव वीरगन्जबाट निर्वाचित सांसद हुन्।जसपाबाट उनीसँगै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर साह पनि सरकारमा छन्।