काठमाडौं, ऊर्जामन्त्री दीपक खड्काको घरमा आगजनी भएको छ ।आक्रोशित प्रदर्शनकारीहरूले बुढानीलकण्ठस्थित मन्त्री खड्काको घरमा आगजनी गरेका हुन् ।
मन्त्रीका प्रेस संयोजक अच्युत रेग्मीका अनुसार प्रदर्शनकारीहरूले मन्त्री खड्काको घरमा आगजनी भएको पुष्टि गरे ।यसअघि प्रदर्शनकारीहरूले बुढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा आगजनी गरेका थिए ।