spot_img

खुकुलो बनाइयो काठमाडौं उपत्यकामा निषेधाज्ञा र कफ्र्यूःके के गर्न पाइन्छ के के पाइन्न ?

spot_img

नेपाली सेनाले काठमाडौं उपत्यकामा निषेधाज्ञा र कफ्र्यू खुकुलो बनाएको छ।सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बिहीबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ। त्यस्तै बिहीबार बेलुकी ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म कफ्र्यू आदेश जारी गरेको निर्देशनालयले जनाएको छ।अत्यावश्यक कामका लागि बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म आवतजावत गर्न सकिने उल्लेख गरिएको छ।

निषेधाज्ञा र कफ्र्यू अवधिमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मीका साथै अत्यावश्यक सेवा तथा सामान (दमकल, शववाहन, पानी, खाद्यान्न, दूध तरकारी, औषधि) का गाडीहरू सञ्चालन हुन सक्नेछन्। सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले परिचय पत्र देखाएर कार्यालय जान सकिने उल्लेख छ। आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले आफ्नो टिकट देखाएर आवतजावत गर्न सकिने पनि सेनाले जानकारी दिएको छ।

अरू सहायता चाहिए सेनासँग सम्पर्क गर्न सकिने पनि जनाइएको छ।यसअघि मंगलबार बेलुकी १० बजेदेखि बुधबार बिहान ५ बजेसम्म कफ्र्यू, त्यसपछि साँझ ५ बजेसम्म निषेधाज्ञा र यसपछि कफ्र्यू जारी थियो।

misc2-1757520303.jpegmisc1-1757520303.jpeg

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img