spot_img

नख्खु कारागारबाट भागेका सञ्जय साह टकला पक्राउ

spot_img

काठमाडौं, नख्खु कारागारबाट भागेका सञ्जय साह (टकला) पक्राउ परेका छन्।उनी बिहीबार काभ्रेको इलाका प्रहरी कार्यालय मंगलटारबाट पक्राउ परेका हुन्।पक्राउ परेका टकलालाई काठमाडौं प्रहरीसँग समन्वयन गरेर पठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय इन्स्पेक्टर दिनेशबहादुर कुँवरले जानकारी दिए।’नख्खु जेलबाट भागेका १७ जना र सिन्धुलीबाट भागेका २ जनालाई पक्राउ गरेका छौं,’ इन्स्पेक्टर कुँवरले भने।

पूर्वराज्यमन्त्री टकला जनकपुर बम काण्डमा दोषी ठहर भई १२ वर्षदेखि जेल सजाय काटिरहेका थिए।तत्कालीन अवस्थामा मधेसी जनअधिकार फोरम र सद्भावना पार्टीका सांसद रहेका टकलामाथि जनकपुरकै मिडिया उद्यमी अरूण सिंहानियाको हत्याको आरोप पनि छ।उनी बुधबार प्रदर्शनकारीले कारागारमा तोडफोड गर्न थालेपिछ कारागारबाट भागेका थिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img