spot_img

देउवा, ओली र दाहाललाई असारमै नेतृत्व छाड्नुस् भनेको थिएँ, मान्नुभएनस् विश्वप्रकाश शर्मा

spot_img

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गत असारमै आफूले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डु लाई सक्रिय राजनीति छाड्न सुझाव दिए पनि नछाडेको कुरा सम्झिएका छन्।

महामन्त्री शर्माले शनिबार फेसबुकमा भिडिओ सन्देश जारी गर्दै कांग्रेस, एमाले र माओवादीका नेतृत्वलाई सक्रिय राजनीति छाडेर अभिभावकीय भूमिका खेल्न असार १ गते झापाको धुलावारीबाट सुझाव दिएको उल्लेख गरेका हुन्।

‘देउवा, ओली र दाहाललाई सक्रिय राजनीतिबाट सन्यास लिनुस्, अभिभावकीय भूमिका खेल्नुस् भनेको हुँ, असार १ गते धुलावारीको कार्यक्रमबाट,’ शर्माले भने, ‘सार्वजनिक रूपमा नेतृत्वको कुरा गर्‍यो भन्ने कतिपय साथीहरूलाई लाग्ला भनेर कांग्रेस केन्द्रीय समिति बैठकमै सभापति देउवालाई अब तपाईं छैंटौं पटक प्रधानमन्त्री बन्न हुँदैन भनेको थिएँ।’

उनले सभापति देउवालाई नेतृत्व त्याग गर्न पनि आफूले भनेको स्मरण गरेका थिए। ‘सभापतिज्यू यो गर्नुभयो, त्यो काम गर्नुभयो, अब एउटा काम गर्न बाँकी छ भनेको थिएँ। सभापतिज्यूले के काम हो भन्नुभएको थियो। मैले भनेको थिएँ छैटौं पटक प्रधानमन्त्री नबन्नुस्। तर मेरो कुरा उहाँले मान्नु भएन।’

उनले एक पटक राष्ट्रपति, दुई कार्यकाल प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक सांसद मात्रै हुन पाउने व्यवस्था गर्न आफूले महासमिति बैठकमा प्रस्ताव लगे पनि त्यसलाई पार्टी निर्णयका रूपमा समावेश गराउन नसकेको पनि शर्माले बताए।

‘त्यसबेला मेरो यो प्रस्ताव चर्चामा त रह्यो तर पार्टी निर्णय बनाउन सकिनँ,’ उनले भने, ‘नागरिकमा असन्तुष्टि छ, चुनाव हुने नयाँ सरकार बन्ने फेरि दुई(तीन जना नेताहरू नै प्रधानमन्त्रीमा आउने भइरह्यो।’ यसैकारण आफूले देउवा, ओली र दाहाललाई सक्रिय राजनीति छाड्न भनेको उनको भनाइ छ।

भदौ २३ र २४ गते जेनजीको आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो। जेनजीको प्रस्ताव र दलहरूको पनि सहमतिमा पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बेलुकी प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। प्रधानमन्त्री कार्कीको सिफारिसमा प्रतिनिधि सभा पनि विघटन भइसकेको छ। कांग्रेसले प्रतिनिधि सभा विघटनको विरोध गरेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img