spot_img

सर्वोच्चका बन्दी प्रत्यक्षीकरण र अत्यावश्यकबाहेकका सबै सेवा बन्द

spot_img

काठमाडौँ, सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण र अत्यावश्यकबाहेकका सेवा बन्द रहने भएका छन्।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनीबाट भौतिक संरचनामा क्षति पुगेको भन्दै सर्वोच्चले अहिले अन्य सेवा सञ्चालन गर्नसक्ने अवस्था नरहेको जनाएको छ।

सर्वोच्चले आइतबार जारी गरेको सूचनामा भनिएको छ,’अदालत नियमित रुपमा संचालन भएको मितिले ३० दिनसम्म म्याद, हदम्याद, तारेख थाम्न सकिने बेहोरा स्पष्ट पार्दै बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक बाहेकका अन्य सेवा प्रवाहका हकमा यस अदालतबाट नियमित रुपमा सेवा प्रवाह गर्ने सम्बन्धी सूचना जारी भएपछि मात्र उल्लिखित म्यादभित्र सम्पर्कमा आउनुहुन मुद्दाको पक्षलगायत सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ।’

नियमित सेवा प्रवाहको अर्को सूचना प्रकाशित नहुँदासम्म म्याद, हदम्याद र तारेख नगुज्रने सर्वोच्चले जनाएको छ।

‘साथै सर्वोच्च अदालतका नियमित अन्य सेवा प्रवाहको अर्को सूचना प्रकाशित नहुँदासम्म म्याद, हदम्याद र तारेख नगुज्रने व्यहोरासमेत आज बसेको पूर्ण बैठकको निर्णयानुसार जानकारीका लागि अनुरोध छ,’ सर्वोच्चले भनेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img