काठमाडौं , सुनको मूल्य तोलामा ९ सय रुपैयाँले सस्तो भएको छ । अघिल्लो दिन ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९१ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघले आजकालागि तेजावी सुनको प्रतितेला मूल्य ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य आज पनि ओरोलो लागेको छ ।मंगलबार १३२० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ बिहीबारकालागि १३०० सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ