spot_img

भक्तपुरमा शुन्यमा झर्‍यो एमाले:सबै स्थानीय कमिटी विघटन,नेतृत्व सहित सबैको सामूहिक राजीनामाको घोषणा

spot_img

नेकपा एमाले भक्तपुरका सबै चारवटै स्थानीय तहका कमिटी र केही जनवर्गीय कमिटीको नेतृत्वले राजीनामा दिएको दाबी गरिएको छ ।

यही भदौ २३ गते जेन–जीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि उनीहरुले जिम्मेवारीबाट राजीनामा दिएको दाबी गरिएको छ । सार्वजनिक भएको भदौ २४ गते मिति उल्लेख भएको एक विज्ञप्तिका अनुसार केपी शर्मा ओली अध्यक्ष रहेको एमालेको कमिटीमा बसिरहन नैतिक र सामाजिक जिम्मेवारीले नदिएको भन्दै उनीहरुले राजीनामा दिएको र कमिटी नै विघटन गरिएको उल्लेख छ ।
हाल उक्त विज्ञप्ति सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेको छ ।

सूर्यविनायक नगर कमिटी अध्यक्ष एलिशा कार्की, चाँगुनारायण नगर कमिटी संयोजक रोजन खड्का, मध्यपुर थिमि नगर कमिटी संयोजक रोशन कुटु, भक्तपुर नगर कमिटी संयोजक रोजिना गोठे, भक्तपुर बहुमुखी क्याम्पस कमिटी अध्यक्ष विकल्प शर्मा र सानुठिमी क्याम्पस कमिटी संयोजक निराजन थापाले संयुक्त विज्ञप्ति जारी गरेर आफूहरुले जिम्मेवारी परित्याग गरी कमिटी नै विघटन गरेको बताएका छन् ।

बिज्ञप्ति

सरकारले हिजो र आज भइरहेको जेन-जी पुस्ताको आन्दोलनमा अनावश्यक हस्तक्षेप गरी हामी जस्ता युबाहरू र समग्र जनतामाथि गरेको दमन, अत्याचार र अन्यायको घोर भत्सर्ना गर्दछौ । विद्यार्थीको पक्षमा खडा हुनुपर्ने संगठनलाई पनि दमनको मतियार बनाउन खोजिएको र भक्तपुर जिल्ला कमिटिका अध्यक्ष लगायत बहुमत सदस्यहरूले कमिटिबाट राजिनामा दिइ सकेको अवस्थामा हामी मौन बस्न सक्दैनौँ । हालको प्रधानमन्त्रीले नेतृत्व गरिरहेको पार्टीको जनवर्गिय संगठनको कुनै तप्काको नेतृत्वमा रहन हामीलाई नैतिक तथा सामाजिक जिम्मेवारीले नदिने हुँदा आजै बाट लागु हुने गरी यो संयुक्त राजिनामा दिएका छौं र हाम्रो नेतृत्वको कमिटि विघटन भएको घोषणा गर्दछौ ।
हामी युवाहरू कुनै पार्टी, पद वा कुर्सीका दास होइनौं । हाम्रो वफादारी सधैं विद्यार्थीको अधिकार, जनताको न्याय र देशको भविष्यसँग मात्र हुनेछ । हामीलाई दल होइन, देश जोगाउनु छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img