spot_img

मौसममा बदलाब, पश्चिम नेपालमा पानी पर्न थाल्यो शनिबारसम्म पानी र हिमपात, आइतबारदेखि मौसम खुल्ने

spot_img

काठमाडौं , आज बिहानैदेखि मौसममा बदलाब आएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदलाब आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले सुदूर पश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य र बागमती प्रदेशमा आंशिक बदली भएको छ ।महाशाखाका अनुसार बिहानै पश्चिम नेपालका केही ठाउँमा सामान्य वर्षा भएको छ भने उच्च हिमाली क्षेत्रमा हिमपात हुने अनुमान गरिएको छ । पानी पर्नुका साथै हिमपात भए पनि तापक्रममा भने अत्यधिक गिरावट आउनेछन ।

आज दिउँसो र रातिसम्म सुदूर पश्चिम, कर्णाली, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानमा र प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरुमा पनि हल्कादेखि मध्यम वर्षा हुनेछ । हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ बदली भई पानी पर्ने र हिमपात हुने क्रम भोलि (शनिबार)सम्म जारी रहनेछ । आइतबारदेखि भने मौसम खुल्ने महाशाखाको पूर्वानुमान छ । बिस्तारै तापक्रम पनि बढ्नेछ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img