spot_img

जेन–जी आन्दोलनःबानेश्वरमा प्रहरीकै स्वचालित हतियार प्रयाेग,१२७६ थान राइफल र पिस्तोल लुटिए, ९८ हजार ४९१ थान गोली अभिलेखबाट हराए

spot_img

काठमाडौँ — जेन–जी आन्दोलनमा सरकारले गरेको दमनको स्वरूप त यसमा भएको मानवीय क्षतिले नै प्रस्ट पारेको छ । दुई दिनका घटनामा ७४ जनाको ज्यान गएको छ भने करिब २ सय अझै अस्पतालमा छन् । २३ भदौको आन्दोलनमा प्रहरीले गरेको बर्बर दमन र दोस्रो दिन भएको आगजनी र लुटपाट कति भयावह थियो भन्ने तथ्य प्रहरीको हतियार भण्डारको अभिलेखले पनि खुलाएको छ । नेपाल प्रहरीले तयार पारेको आन्तरिक विवरणअनुसार १२ सय ७६ थान राइफल÷पिस्तोल लुटिएका छन् । त्यस्तै ९८ हजार ४ सय ९१ थान गोली अभिलेखमा आएका छैनन् । तीमध्ये प्रहरी आफैंले चलाएको कति हो र लुटिएका कति हुन् भन्ने खुलाउन अधिकारसम्पन्न उच्चस्तरीय जाँचबुझ आयोग अपरिहार्य भएको छ ।

त्यस्तै १३ सय १५ राउन्ड रबर गोली अभिलेखमा कम भएका छन् । तीमध्ये कति प्रयोग भएका हुन् भन्ने प्रहरीले खुलाउन सकेको छैन । दुई दिनमा २२ सय २० पटक हवाई फायर र ३२ सय २३ सेल अश्रुग्यास प्रहार गरिएको प्रहरीको तथ्यांक छ । जेन–जी विद्रोहकै बलमा सत्ताबाट बाहिर पुगेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका दिन शुक्रबार सार्वजनिक गरेको वक्तव्यमा ‘जेन–जी प्रदर्शनमा घुसपैठ भएको र प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको’ दाबी गरेका छन् । दमनमा सुरक्षाकर्मीले प्रयोग गरेका हतियार, घटनास्थलबाट भेटिएका सबुत प्रमाण अनि दमन गर्नेमाथि राज्यले नै अनुसन्धान नगर्दै त्यो बेला देशको कमान्डमा रहेका ओलीले सुरक्षाकर्मीसँग त्यस्ता हतियार नै नभएको दाबी गरेका छन् ।

घातक हतियारधारी सुरक्षाकर्मीलाई ‘रिजर्भ फोर्स’ का रूपमा राखेर गैरघातक उपकरणसहितको फौज परिचालन गर्नुपर्ने हो । तर सरकारले प्रहरी र सशस्त्र प्रहरीलाई घातक र गैरघातक दुवै किसिमका उपकरणसहित सडकमा परिचालन गर्दै आएको छ । अझ सडकमा खटिने सुरक्षाकर्मीसँग गैरघातक उपकरण नभएको भनेर नेपाली सञ्चारमाध्यममा पटक–पटक समाचार आएका छन् । सुरक्षा संगठनले पनि पटक–पटक ताकेता गर्दै आएका छन् । तर पछिल्लो १० वर्षमा सरकारले त्यस्ता गैरघातक हतियार किनेको छैन । यो अवधिमा ओली नै चार पटक प्रधानमन्त्री भएका छन् ।

प्रहरीले १० वर्षयता लगातार गैरघातक उपकरण खरिदका लागि सरकारसँग ‘याचना’ गर्दै आएको छ । गत वर्ष पनि ‘राएट कन्ट्रोल गियर’ ८ हजार ८ सय थान, अश्रुग्यास २४ हजार राउन्ड, ब्ल्यांक फायर १ लाख राउन्ड, रबर बुलेट २ लाख राउन्ड, धूवाँ फाल्ने ह्यान्ड ग्रिनेड २ हजार थान र मल्टी ग्यासगन सेल ५ हजार राउन्ड खरिद गर्न गृहमा प्रस्ताव गरेको थियो ।

त्यस्तै सीमा सुरक्षा, भीड नियन्त्रण, गस्ती, विपद् व्यवस्थापन लगायतमा खटिने सशस्त्र प्रहरीले गैरघातक र प्राविधिक उपकरणका लागि आवश्यक बजेट सुनिश्चित गर्न गृहमा प्रस्ताव गरेको थियो । तर, दुवै सुरक्षा निकायका लागि यी उपकरणहरू किनिएनन् ।

नेपालका सुरक्षा निकायसँग भीड नियन्त्रणका लागि राएट कन्ट्रोल गियर, अश्रुग्यास, ब्ल्यांक फायर, रबर बुलेट, बल्टी ग्यास गन, वाटर क्यानन (पानीको फोहोरा हान्ने सवारी), दमकल, एम्बुलेन्सजस्ता अत्यावश्यक उपकरण पर्याप्त छैनन् ।

बरु नेपाल प्रहरीले फिल्डमा शान्तिसुरक्षा र प्रदर्शन व्यवस्थापनमा असई र त्यसभन्दा माथिका कर्मचारीले बोक्ने गरी ५४–चाइनिज पिस्तोल (सानो), ९ एमएम चाइनिज पिस्तोल (ठूलो), ९ एमएम यूएसए पिस्तोल, ९ एमएम बेरेटा पिस्तोल र ७.६ रिभल्भर जस्ता साना हतियार उपलब्ध गराउँदै आएको छ । यसबाहेक जवान र हवल्दारले बोक्ने गरी इन्सास र एसएलआरलगायतका ठूला हतियारसहित फिल्डमा तैनाथ गराउँदै आएको छ । पिस्तोल र ठूला हतियारबाहेक शान्तिपूर्ण प्रदर्शनका लागि गैरघातक उपकरण पर्याप्त व्यवस्थापन गर्नुपर्नेमा यसप्रति सरकारले ध्यान नै दिएको छैन ।

५४–चाइनिज पिस्तोल (सानो) को क्षमता– ७ राउन्ड हुन्छ भने यसको प्रयोग आत्मरक्षा र छोटो दूरीमा प्रहारका लागि हुन्छ । यस्तै, ९ एमएम चाइनिज पिस्तोल (ठूलो) को क्षमता १५ राउन्डको हुन्छ । फायर मोडको अर्ध स्वचालित यस हतियारले ५० मिटर परसम्म प्रहार गर्न सकिन्छ । १५ राउन्ड क्षमताको ९ एसएम यूएसए पिस्तोलको दायरा पनि ५० मिटरसम्म हुन्छ ।

यसैगरी १५ राउन्ड क्षमताको इटालियन ९ एमएम बेरेटा पिस्तोलले ५० मिटर दूरीसम्म प्रहार गर्न सकिन्छ । ७.६ एमएमको डबल एक्सन रिभल्भरको क्षमता ६ राउन्ड हुन्छ भने ३० मिटरसम्म प्रहार गर्न सकिन्छ । अर्ध स्वचालित इन्डियन स्मल आर्म सिस्टम (इन्सास) को क्षमता ३० राउन्ड हुन्छ र यसले ४ सय मिटरसम्म निसाना लगाउन सकिन्छ ।

यस्तै २० राउन्ड क्षमताको अर्ध स्वचालित सेल्फ लोडिङ राइफल (एसएलआर) ले ८ सय मिटर दूरीसम्म निसाना लगाउन सक्छ, जुन जेन–जी आन्दोलनका क्रममा बानेश्वरमा प्रयोग भएको थियो । कान्तिपुरमा खवर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img