spot_img

जनता उठेपछि सब सेटिङ भत्किन्छन् ः दाहाल

spot_img

काठमाडौँ , नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रतिगमनकारीहरूका सबै सेटिङ जनताले भत्काइदिने बताएका छन् ।प्रतिनिधिसभा विघटनविरुद्ध भइरहेको आन्दोलनबारे जानकारी दिन शुक्रबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘अहिले अदालतमा केस छ, निर्वाचन आयोगमा केस छ । हल्ला पनि छ सेटिङ छ रे भन्ने छ। सबैभन्दा ठूलो सेटिङ जनता हुन् । जनता उठेपछि सव सेटिङ्हरु भत्किन्छन् । कसैलाई लागेको छ सेटिङ् अनुसार फैसला हुने र नेपाली जनताले खुरु खुरु मान्छन् भन्ने त्यो भ्रम हो ।’

दाहालले ढिलो–चाँडो प्रतिगमनविरुद्ध आमजनता सडकमा आउने स्थिति बन्ने दाबी गरे । ‘दुई–चार दिन ढिलो–छिटो हो, जनता आमरूपमा सडकमा आउने स्थिति बन्छ र यो निरंकुशता परास्त हुन्छ । अढाई सय वर्ष पुरानो सामन्ती शासन उल्टाउन सक्ने नेपाली जनता, युद्धलाई शान्तिमा रुपान्तरण गर्न सक्ने जनताले यो तानाशाहीलाई स्वीकार गर्छन् भन्ने लाग्दैन,’ उनले भने ।दाहालले संविधान मिचेर गरिएको चुनाव पनि असंवैधानिक हुने बताए । ‘संविधान मिचेको मिच्यै गरेर गरिएको चुनाव पनि असंवैधानिक हो । त्यसले समस्याको हल दिँदैन । त्यो भ्रम पनि कसैले नपाले हुन्छ,’ दाहालले भने, ‘प्रतिगमन हुने, असंवैधानिक र अलोकतान्त्रिक हुने अनि त्यसले नै गरेको चुनाव संवैधानिक र लोकतान्त्रिक हुन्छ त ? नेपाली जनताले खुरुखुरु मान्छ त ? मान्दैन ।’

संविधान र लोकतन्त्रको हत्या गर्ने प्रयास ओलीबाट भएको भन्दै त्यसलाई ‘करेक्सन’ नगरेसम्म आन्दोलन जारी रहने दाहालको भनाइ छ । उनले अहिलेको आन्दोलनमा युवा पुस्ता जोडिएको र यो लोकतन्त्र अनि राष्ट्रका लागि सकारात्मक भएको बताए ।‘कता–कता के–के होलाजस्तो डर लागेको थियो । तर, यो प्रतिगमनपछिको आन्दोलनमा युवा पुस्ता जोडिएको छ । युवाहरू फेरि लोकतन्त्र र राष्ट्रप्रति जागरूक हुने अवस्था बनेको छ । हामी त जीवनको उत्तरार्धतिर छौं,’ दाहालले भने, ‘अहिले हामीले गर्न चाहेको युवाहरूकै लागि हो ।’अहिलेको आन्दोलन नेकपाभित्र पद पाउनका लागि नभएर लोकतन्त्र र संविधान बचाउन भएको दाबी दाहालले गरे । ‘यो नेकपाभित्र पद पाउने लडाइँ हुन्थ्यो भने यो देशका वेस्ट ब्रेन एक ठाउँ आउने थिएनन् । यो प्रतिगमन नै हो भनेर सबै आन्दोलनमा छन् । यो राम्रो कुरा हो,’ उनले भने ।अर्को एक प्रसंगमा दाहालले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग इमानदारीपूर्वक वार्ता गर्न चाहेको भए त्यो सकारात्मक भएको र त्यसको पक्षमा आफूहरू रहेको बताए । तर, वार्ताअघि यही सरकारले लगाएको प्रतिबन्ध हटाउनुपर्ने उनको भनाइ छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img