spot_img

रास्वपाका ५ प्रदेश सभापतिले भने– रवि लामिछानेको विकल्प खोजेका छैनौं

spot_img

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पाँच प्रदेशका सभापतिहरुले केन्द्रीय सभापति रवि लामिछानेको विकल्प नखोजिएको बताएका छन् ।रास्वपामा पुनर्गठनको माग उठिरहेको समाचार आएपछि प्रदेश सभापतिहरुले पुनर्गठनको पक्षमा नभएको बताएका हुन् ।

कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिमका सभापतिहरूले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनमार्फत सभापति रविको विकल्प नखोजिएको बताएका हुन् । गण्डकी र कर्णालीका सभापति भने उपस्थित हुन नसकेको जानकारी गराइएको थियो ।बागमती सभापति अच्युत्तम लामिछानेले सभापति रविको विकल्प नखोजिएको बताए । उनले भने, ‘पुराना पार्टीमा चलेको हावा रास्वपा पनि कतै त्यही हो कि । यो हावामा कदापी विश्वास गर्दैनौं ।’

कोशीका सभापति तपेश्वर यादवले सभापति रवि प्रति पूर्ण विश्वास भएकाले विकल्प नखोजिने बताए । कोशी कार्यबाहक सभापति सरिन तामाङले सभापति रवि विनाको रास्वपा परिकल्पना नगरिएको बताइन् । तल उठेका कुरा केन्द्रमा राखिदिनुस् है भनेका कारणले सुझावहरू बुझाएको बताइन् । रास्वपामा नहुने बताए ।

‘सभापतिको विकल्पको बारेमा हामीले सोंचेका पनि छैनौं । त्यो कुरा हामीले उठाएका छैनौं,’ पाठकले भने । लुम्बिनी प्रदेश समितिको बैठकबाट आएका धारणालाई लिखित रुपमा केन्द्रलाई बुझाउँदा पार्टी पुनर्गठनको सुझावहरू दिइएको थियो ।

सुदूरपश्चिमका सभापति प्रकाश विष्टले सभापति रविको विकल्प नखोजिएको बताए । सुदूरपश्चिम प्रदेश समितिको सोमबार भएको बैठकबाट आएका धारणाका आधारमा केन्द्रलाई पठाइएको पत्रमा सभापति रविले पद त्याग्नुपर्ने उल्लेख छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img