काठमाडौं, प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेकी छन्।प्रधानमन्त्री कार्की केहीबेरअघि राष्ट्रपति निवास पुगेकी हुन्।
राष्ट्रपति र प्रधानमन्त्रीबीच के विषयमा कुराकानी हुने हो भन्ने खुलेको छैन।‘प्रधानमन्त्रीज्यू भर्खरै राष्ट्रपतिज्यूलाई भेट्न शीतल निवास पुग्नुभयो,’ स्रोतले भन्यो।