ललितपुरकाे महालक्ष्मी नगरपालिका -९,ज्यागटा भन्ने स्थानमा ठुलो किङ्कोब्रा प्रजातीकाे सर्प फेला परेको हो। सर्पलाइ वडा कार्यालयकाे समन्वयमा दक्षिणकालिका सर्प उद्धारकर्मी सुवोध आचार्य,ललितपुर महानगर पालिकाका नगरप्रहरीकाे टिम,महालक्ष्मीका प्रहरी टिम,महालक्ष्मी सव डिभिजन वन कार्यालय र स्थानिय समुदायबाट सर्प उद्धार गरिएकाे हाे।
स्थानीयले ठुलाे सर्प देखेपछि वडा कार्यालयमा खवर गरेका थिए लगत्तै सबैसँग समन्वय गरेर सर्पकाे उद्दार गरिएकाे वडा अध्यक्ष जयकृष्ण बाेगटीले जानकारी दिए। अध्यक्ष बाेगटीले थपे “समयमै अाएकाे जानकारीले कुनै क्षति भएकाे छैन भने सर्पकाे उद्दारमा सहयाेग गर्न उद्दार कर्ता टिम र स्थानीय लगाएत सबैलाइ वडाकाे तर्फबाट धन्यवाद भन्न चाहन्छु।”
तराइमा प्राय भेटिने याे प्रजातीकाे सर्प गर्मी बढेसँगै पछिल्लाे समय अधिकांस पहाडी इलाकामा पनि देखा पर्न थालेका छन्।