spot_img

माओवादीले आगामी चुनावमा उठाउँदै यी ३ एजेण्डा उठाउनेःप्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख देखि विज्ञहरूबाट मन्त्री बनाउने लक्ष्य

spot_img

नेकपा माओवादी केन्द्रले आगामी चुनावमा संविधान संशोधन गर्नेसँग सम्बन्धित तीन वटा एजेण्डा उठाउने भएको छ ।शुक्रबार सम्पन्न केन्द्रीय समितिको बैठकले संविधानसँग सम्बन्धित तीन वटा एजेण्डा तय गरेको हो ।

पहिलोःप्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था ।

दोस्रोःपूर्ण समानुपातिक निर्वाचन प्रणाली ।

तेस्रोः विज्ञहरूबाट मन्त्री ।

यी विषय माओवादीले विगतमा समेत उठाउँदै आएको थियो । जेनजी आन्दोलनपछि बसेको केन्द्रीय समितिको बैठकले यसलाई चुनावमा जाँदा संविधान संशोधनसँग सम्बन्धित रहेर उठाउने निर्णय गरेको हो ।यी तीन वटै कुरालाई राष्ट्रिय मुद्दाका रूपमा उठाउने निर्णय भएको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् । केन्द्रीय समितिले फागुन २१ मै प्रतिनिधिसभाको चुनाव गराउन लाग्ने निर्णय पनि गरेको छ ।

‘तोकिएकै मितिमा आम निर्वाचन सम्पन्न गराउन लाग्ने । निर्वाचनको तयारी महाधिवेशनको काम सँगसँगै गर्ने,’ माओवादीको निर्णय छ ।भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । त्यसपछि प्रतिनिधिसभाबाट अर्को सरकार बन्ने वातावरण नरहेको भनेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ ।

अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेर आगामी फागुन २१ गतेका लागि चुनावको मिति तोकेका छन् । उक्त चुनाव समयमै सम्पन्न गराउन पार्टीले भूमिका खेल्नुपर्ने माओवादी अध्यक्ष प्रचण्डको प्रस्तावमा अन्य नेताहरूले समेत समर्थन जनाए । सोही अनुसार माओवादीले तोकिएकै मितिमा आम निर्वाचन सम्पन्न गराउन लाग्ने र निर्वाचनको तयारी महाधिवेशनको काम सँगसँगै गर्ने निर्णय गरेको हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img