spot_img

१३ वर्षीया बालिका बलात्कारका आरोपी पक्राउ

spot_img

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सल्यानमा एक पुरुष पक्राउ परेका छन् । घरमा कोही नभएको वेला १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा कालिमाटी गाउँपालिका– ४ काल्चेका ४३ वर्षीय डोटबहादुर वलीलाई इलाका प्रहरी कार्यालय कालिमाटीबाट खटिएको प्रहरी टोलीले माघ २१ गते घरबाटै पक्राउ गरेको हो ।छिमेकी मामा नाता पर्ने वलीले बालिकालाई माघ महिनामा दुईपटक बलात्कार गरेको पीडित बालिकाकी आमाले बताइन् । ‘माघ ५ गते राति हामी सबै घरमै थियौँ,’ उनले भनिन्, छोरा–बुहारी, छोरी र मेरो सुत्ने कोठा छुट्टाछुट्टै छ । सो दिन राति म शौचालय गएको समयमा पहिलोपटक घटना भएछ ।’

आफू माघ ८ गते माइत गएको र छोरी एक्लै घरमा भएको समयमा फेरि आरोपीले छोरीलाई बलात्कार गरेको उनले बताइन् । ‘घटनाबारे कसैलाई नभन्नु भनेर आरोपीले आफूलाई फकाएको बालिकाले बताइन् । ‘उहाँले कसैलाई नभन्नु, भने हाम्रो बेइज्जत हुन्छ भन्नुभयो,’ बालिकाले भनिन्, ‘पछि मलाई हिँडडुल गर्न अप्ठ्यारो भएपछि आमालाई भनेकी हुँ ।’ बालिकाकी आमाले घटनाबारे माघ १३ गते थाहा पाएपछि घटना बाहिरिएको हो । छोरीलाई हिँडडुल गर्न अप्ठ्यारो भएको देखेर मैले कर गरेर सोधेँ अनि मात्रै छोरीले आफूलाई भनेको उनले बताइन् ।

पीडित पक्षले माघ २० गते दिएको मौखिक अजुरीको आधारमा आरोपीलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इन्स्पेक्टर लक्ष्मण वलीले जानकारी दिए । पीडित पक्षले इलाका प्रहरी कार्यालय लुहाममा माघ २१ गते लिखित जाहेरी दिएपछि मुद्दा अगाडि बढेको प्रहरीले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img