spot_img

ऋण काढेर चामल किन्दै फोक्सुन्डोबासी

spot_img

सुर्खेत डोल्पाको शे फोक्सुन्डो–३ का जवाहन लामाको ७ जनाको परिवारलाई आफ्नो उत्पादनले मुस्किलले ३ महिना मात्र खान पुग्छ । अत्यधिक हिमपात हुने र सिँचाइ असुविधाका कारण गाउँमा वर्षमा एक बाली उवा मात्र फल्छ ।

गाउँनजिकैको साल्दाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बिक्री डिपो छ । तर चामल नआउँदा महँगीको मार खेप्नुपरेको उनले गुनासो गरे । ‘हामीलाई मुख्य रूपमा चामल चाहिने भनेको हिमपात र दसैंको बेला नै हो,’ उनले भने, ‘अरु बेला त बारीमा उब्जिएको अन्न पनि भकारीमा हुन्छ ।’

साल्दाङका पाल्देन गुरुङले बर्सेनि खाद्यान्न अभाव हुँदा दसैं खल्लो हुने गरेको बताए । उनका अनुसार खाद्यमा ५८ रुपैयाँ प्रतिकिलो मोटा चामल पाइने चामल बजारमा कम्तीमा एक सय रुपैयाँ प्रतिकिलो किन्नुपर्ने बाध्यता छ । ‘अरु चामल त पाइँदैन, मोटा चामल पनि दोब्बर मूल्यमा किन्नुपर्छ,’ उनले भने, ‘खाद्यको चामल नआउँदा ऋण कारेरै भए पनि बजारको चामल किनेर दसैं मनाउन बाध्य छौं ।’

माथिल्लो डोल्पाका ३ वटा खाद्यका बिक्री केन्द्र अहिले खालि छन् । शेफोक्सुण्डोको साल्दाङ, डोल्पोबुद्धको धो, छार्काताङसोङको तिन्जेमा खाद्यान्न नआउँदा गोदाम खाली भएको हो । खाद्य डिपोहरूमा ७ सयदेखि ८ सय ७५ क्विन्टल खाद्यान्नको कोटा निर्धारण गरिएको छ । खाद्यान्न नआउँदा स्थानीयहरू प्रतिकिलो ५० देखि ८० रुपैयाँ ढुवानी भाडा तिरेर खच्चडमा ढुवानी गरिएको चामल उपभोग गर्न बाध्य छन् ।

‘वर्षैसाल मोटा चामलकै अभाव हुन्छ, मसिनो चामल त ३० किलोको प्रतिबोरा दुनैमा २५ सयमा पाइने चामल ६ हजार रुपैयाँमा किन्नुपर्ने बाध्यता छ,’ गुरुङले भने, ‘अहिले त खाद्यको भर पर्न छाडेका छौँ, व्यापारीले ल्याएको महँगो चामलकै भर छ ।’

गत वर्षको कोटा सकिएको र यो वर्षको चामल ढुवानी नभएकाले गाउँमा खाद्यान्न अभाव देखिएको शेफोक्सुण्डो गाउँपालिका अध्यक्ष धावासम्डुक गुरुङले बताए । उनका अनुसार ५ वर्षयता पालिकामा दसैं–तिहारमा फोक्सुन्डोका बासिन्दाले चामल पाएका छैनन् । गत वर्ष माथिल्लो डोल्पाका डिपोमा कम्पनीले मंसिर १७ पछि मात्रै चामल पठाएको थियो ।

चालु आर्थिक वर्षका लागि एक साताअघि मात्र ठेक्का स्वीकृत भएकाले उपल्लो डोल्पामा चामल नगएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका शाखा प्रमुख विष्णु घिमिरेले बताए । ‘केन्द्रीय कार्यालयबाटै टेन्डर हुन्छ,’ उनले भने, ‘हामीलाई ठेक्का सम्झौता भएर ढुवानी हुन थालेपछि मात्र थाहा हुने हो ।’ उनका अनुसार अन्य डिपोमा भने चामल पर्याप्त छ । शाखा कार्यालय जुफालमा १ हजार ४ सय क्विन्टल चामल छ भने तल्लो डोल्पाका मुड्केचुला, त्रिपुरासुन्दरी, काइगाउँमा ३ सय क्विन्टलसम्म चामल मौज्दात छ । उनले सदरमुकाममा दैनिक एक सय क्विन्टलसम्म चामल बिक्री भइरहेको बताए ।कान्तिपुरबाट

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णालीका ५१ विक्री केन्द्र र डिपोमध्ये ४२ ठाउककबाट चामलको बिक्रीवितरण भइरहेको जनाएको छ । अहिले कर्णालीभरि झन्डै ४० हजार क्विन्टल चामल मौज्दात रहेको प्रादेशिक प्रमुख केशवराज बुढाले बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img