spot_img

आन्दोलनमा युवाले ज्यान गुमाउनुपरेको भन्दै प्रधानमन्त्री कार्कीले दसैंको टीका जमरा नलगाउने

spot_img

काठमाडौं, प्रधानमन्त्री सुशीला कार्कीले दसैंमा टीका–जमरा नलगाउने भएकी छिन्।जेनजी पुस्ताले गरेको आन्दोलनको क्रममा थुप्रै युवाहरूले ज्यान गुमाएको भन्दै प्रधानमन्त्री कार्कीले यसपालि दसैंमा टीका–जमरा नलगाउने भएकी हुन्।सोमबार प्रधानमन्त्रीको सचिवालयले एक विज्ञप्ति जारी गरी टीका–जमरा नलगाउने र देशबासीलाई समेत नलगाउने जानकारी दिएको छ।

‘बडादसैं प्रत्येक बर्ष हर्सोल्लासका साथ मनाउने चाड भए तापनि हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेको पीडा पनि हाम्रासामु ताजै छ,’ सचिवालयले लेखेको छ, ‘तसर्थ, यसवर्ष सम्माननीय प्रधानमन्त्रीज्यू आफूले बडा दसैको टीका जमरा नलगाउनु हुने र देशबासीहरूलाई समेत टीका लगाउने कार्यक्रम नरहेको व्यहोरा सबैको जानकारीको लागि सादर अनुरोध छ।’

उनले दसैंको अवसरमा देश विदेशमा रहेका नेपालीहरूलाई शुभकामना समेत दिएकी छन्।यस्तै तोकिएकै मितिमा प्रतिनिधिसभाको निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको पनि सचिपालयले जनाएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img