spot_img

अख्तियारमा ईमेलमार्फत उजुरी दिनेको संख्या बढी, हालसम्म ६ हजार ७८६ वटा उजुरी दर्ता

spot_img

 काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चालु आर्थिक वर्षको हालसम्म ६ हजार ७८६ वटा उजुरी दर्ता भएका छन् ।आयोगका अनुसार आर्थिक वर्षको पहिलो महिना साउनमा मात्र ३ हजार ९२२ वटा उजुरी परेका थिए । तीमध्ये आयोगको वेबसाइटमार्फत १ हजार १७६ वटा उजुरी दर्ता भएका छन् । आयोगले उजुरी र गुनासो आफ्नै वेबसाइटमार्फत पनि लिने व्यवस्था गरेको छ ।

साउन महिनामा ईमेलमार्फत दर्ता हुने उजुरी सबैभन्दा बढी ९४३ रहेका छन् । त्यस्तै, ८८९ वटा लिखित निवेदन, ६५३ वटा हुलाकमार्फत र १५१ वटा टेलिफोनमार्फत उजुरी परेका छन् ।भदौ महिनामा आयोगमा २ हजार २७६ उजुरी दर्ता भएका छन् । तीमध्ये ७१७ वटा उजुरी आयोगको वेबसाइटमार्फत दर्ता भएका छन् ।

सोही अवधिमा लिखित निवेदन र ईमेलमार्फत दर्ता भएका उजुरी बराबरी ५२४÷५२४ छन् भने हुलाकमार्फत ३६६ वटा उजुरी दर्ता भएका छन् ।यस्तै, असोज १३ गतेसम्म आयोगमा ५८८ वटा उजुरी दर्ता भएको आयोगले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img