spot_img

मुग्लिन–नारायणगढ सडक खण्डकाे तुइन खोलामा एकतर्फी,जवाङ खोलाको पहिरो पन्छाइयो

spot_img

अविरल वर्षात पछि मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत् तुइन खोलाको सडक एकतर्फी बनेको छ। त्यहाँ शनिबार बिहानै पहिरो झरेको हो। सडक डिभिजन भरतपुरका अनुसार मुग्लिन–नारायणगढ सडक खण्डमा अहिले पनि पानी परिरहेको छ।

‘तुइन खोला पुल नजिकै पहिरो जाँदा सवारी आवागमन एकतर्फी सञ्चालनमा रहेको छ। पानी परिरहेको र यस खण्डमा पहिरोको जोखिम कायमै रहेको छ,’ सडक डिभिजनले भनेको छ।

यता मुग्लिन–नागढुंगा सडक खण्डको जवाङ खोला नजिकै खसेको पहिरो भर्खरै हटाइएको छ। अहिले त्यहाँ सवारी आवागमन सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ। त्यहाँ शनिबार बिहान ५ः५५ बजे पहिरो खसेको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img