spot_img

सोमबारसम्म भिषण वर्षा हुने भएकाले देशभरका नदीहरूमा बहाब बढ्दै जाने र तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

spot_img

 ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले देशका विभिन्न भागमा आइतबार मध्यान्हसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सबैलाई सतर्क रहन आग्रह गरेका छन्।जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार राति ७÷८ बजेबाट आइतबार मध्यान्ह १२÷१ बजेसम्म काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। यसै सन्दर्भमा मन्त्री घिसिङले वर्षासँगै आउन सक्ने बाढी, पहिरो, डुबान र सम्भावित जोखिमप्रति सावधानी अपनाउन र यात्रा गर्दा विशेष सतर्कता राख्न अनुरोध गरेका हुन्।

शनिबार मन्त्रालयमा आयोजित समन्वय बैठकमा मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभाग, जलस्रोत तथा सिँचाइ विभाग र जल तथा मौसम विज्ञान विभागका महानिर्देशकहरूसँग छलफल गरी आवश्यक तयारी अवस्था बलियो बनाउन निर्देशन दिएका छन् ।उनले सबै कर्मचारी र प्राविधिक टोलीलाई तयारी अवस्थामा रहन र आवश्यक उपकरण तथा संरचना सुरक्षित राख्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ। वर्षाले सडक, सिँचाइ र जलविद्युत् आयोजनामा क्षति पु¥याउने सम्भावना भएकाले गेट सञ्चालनमा विशेष ध्यान दिन र नदी–खोला किनारका उपकरण सुरक्षित स्थानमा सार्न उहाँको निर्देशन छ।

साथै, मन्त्री घिसिङले सुरक्षा निकायहरूसँग नजिकको समन्वय गरी विपद्सम्बन्धी सूचना एकीकृत ढंगले र समयमै सार्वजनिक गर्न पनि आग्रह गरेका छन् ।जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीका अनुसार हालको वर्षा प्रणाली बंगालको खाडीबाट भारतको उडिसा र झारखण्ड हुँदै नेपाल प्रवेश गरेको हो। उनले यो प्रणाली सोमबार बिहानतिर पूर्वतर्फबाट बाहिरिने जानकारी दिए ।

जोशीले भने, “यस वर्षको प्रणाली पोहोरकोजस्तै ढाँचाको भएकाले सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सबै पक्ष तयारी अवस्थामा रहन आवश्यक छ। सोमबार बिहानसम्म उच्च सतर्कता अपनाउनु अत्यावश्यक छ।” यसबीच, सडक विभागका महानिर्देशक विजय जैसी र जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बरालले पनि बाढी, पहिरो र डुबानका सम्भावित जोखिम कम गर्न आवश्यक पूर्वतयारी गरिएको बताएका छन्।

सरकारले नागरिकहरूलाई वर्षासँग सम्बन्धित सूचनामा ध्यान दिन, अनावश्यक यात्रा नगर्न र नदी–खोला आसपासका क्षेत्रहरूमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

देशभरका नदीहरूमा बहाब बढ्दै, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
हाल देशका सबै प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा तल रहे पनि बाढीको जोखिम बढ्दै गएको जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार दिउँसो १ः५० बजेसम्मको अद्यावधिक अनुसार, पछिल्ला घण्टाहरूमा मधेश र बागमती प्रदेशका जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा मापन भएको छ भने कोशी प्रदेशका अधिकांश क्षेत्रमा हल्का वर्षा मापन भएको हो।

महाशाखाले दिएको जानकारी अनुसार, काठमाडौं उपत्यकाको बागमती जलाधार र कमला जलाधार क्षेत्रका जलमापन केन्द्रहरूमा पानीको सतह बढ्दो क्रममा रहेको छ। राति ती क्षेत्रमा सतर्कता तह पार गर्ने सम्भावना रहेकोले स्थानीय बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ।

आज दिउँसोदेखि मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश हुँदै बग्ने नदीहरूमा बहाब उल्लेख्य रूपमा बढ्न सुरु हुने अनुमान गरिएको छ। विशेषगरी आज राति नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुँ, लम्जुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली तथा आसपासका जिल्लाहरूमा रहेका स–साना नदी–नालामा आकस्मिक बाढीको जोखिम रहेको चेतावनी दिइएको छ।

महाशाखाका अनुसार, आइतबार बिहानदेखि बेलुकीसम्मको अवधिमा नारायणी, कालीगण्डकी, सेती, मादी, मस्र्याङ्दी, दरौंदी, त्रिशुली, पूर्वी राप्ती, बागमती, कमला लगायतका नदीहरू तथा तिनका शाखा नदीहरूमा बहाब उल्लेख्य रूपमा बढ्दै सतर्कता तहसम्म पुग्न सक्नेछ। त्यसपछि आइतबार रातिदेखि कोशी र कन्काई नदी प्रणालीमा समेत बहाब उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको छ।

सतर्कता तह नाघ्ने सम्भावना भएकाले बाढी र डुबान हुन सक्ने तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। साथै, कमजोर तथा भिरालो भू–भागमा पहिरोको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन स्थानीय प्रशासन र सम्बन्धित निकायलाई पनि अनुरोध गरिएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img