spot_img

रूकुमकाेटकाे पाँच पुर्णिमा मेला शूरूःयस्ताे छ मेलाकाे इतिहास र तयारी !

spot_img

पूर्वी रूकुम जिल्लाकाे रूकुमकाेट परम्परागत रूपमा लाग्दै आएको ऐतिहासिक ५ पूर्णीमा मेला यस वर्ष पनि शुरू भएकाे छ। मेला असोज २१,२२ र २३ गते गरी ३ दिनसम्म लाग्ने भएको छ । प्रतिकुल मौसमका कारणले मेलाको मिति परिवर्तन गरिएको छ। कोरोना महामारीका कारण केही वर्ष स्थगित भएको यो मेला २०७८ सालदेखि पुनः सुरु गरिएको हो।

स्थानीय कला, संस्कृति, धर्म र परम्परामा आस्था राख्ने युवा, बुद्धिजीवी, समाजसेवी तथा राजनीतिक नेतृत्वको सल्लाहमा गठित ५ पूर्णीमा मेला व्यवस्थापन, संरक्षण तथा सम्बद्र्धन समिति २०७८ ले मेलाको निरन्तरता दिँदै आएको छ। यस वर्ष मेला गएको टिकाको भोलिपल्ट अर्थात् असोज १७ गतेदेखि १८ गतेसम्म सञ्चालन गर्ने तयारी गरिए पनि राष्ट्रिय सूचना र मौसमको प्रतिकूलताका कारण मेला तोकिएको मितिमा सम्पन्न हुन नसकेको मेला व्यवस्थापन समितिका अध्यक्ष कैलास कुमार मल्लले जानकारी दिनुभयो ।

समितिका अनुसार अब मेला आउँदो असोज २१ गते मंगलबार तयारीका साथ सुरु हुने छ भने २२ गते बुधबार स्वतःस्फूर्त रूपमा मेला आरम्भ भई २३ गते बिहीबार सम्पन्न गरिनेछ। मेलाको समय बिहान ८ बजे देखि बेलुका ५ बजेसम्म निर्धारण गरिएको छ।

समितिले मेलामा सहभागी सबैमा अनुशासन पालन गर्न र कानुनले निषेध गरेका कुनै पनि गतिविधि नगर्न तथा नगराउन आग्रह गरेको छ। त्यस्ता गतिविधिमा संलग्न हुनेहरू स्वयं जिम्मेवार हुने चेतावनी पनि दिइएको छ।

मेला सफल बनाउन सहयोग पु¥याउने स्थानीय सरकार, सुरक्षाकर्मी, युवा, समाजसेवी, व्यापारी, धार्मिक संघसंस्था, आगन्तुक पाहुना, स्थानीय अभिभावक, दाजुभाइ दिदीबहिनीहरूलाई समिति अध्यक्ष कैलाश मल्ल, मेला संयोजक तथा ५ पूर्णीमा मेला व्यवस्थापन, संरक्षण तथा सम्बद्र्धन समिति २०७८ ले हार्दिक धन्यवाद ज्ञापन गरिएको छ ।मेलामा सिङ्गारु नाच,मयुर नाचको पनि प्रस्तु हुने आयाेजककाे भनाइ छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img