तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता भएको छ। गत भदौ २३ र २४ गते भएको आन्दोलनमा सहिद भएका आफन्त तथा परिवारले काठमाडौं प्रहरी परिसरमा मंगलबार किटानी जाहेरी दर्ता गराएका हुन्।
उक्त आन्दोलनमा गोली चलाउन आदेश दिएको र निर्मम दमन गरेको आरोप उनीहरूमाथि छ। यसअघि हामी नेपालका संस्थापक सुदन गुरुङ जाहेरी लिएर प्रहरीकहाँ पुगेका थिए। तर प्रहरीले सुरुको दिन जाहेरी दर्ता गरेको थिएन। त्यसपछि उनले निरन्तर दबाव दिइरहेका थिए। प्रहरीले दर्ता गर्न नमानेपछि उनको समूहले ‘सडकबाटै देखाइदिने’ धम्की दिएका थिए।
त्यसलगत्तै प्रधानमन्त्री सुशीला कार्कीले सबै सुरक्षा निकायका प्रमुखसहित गृहमन्त्री ओमप्रकाश अर्यालसँगसमेत साोमबार राति नै छलफल गरेकी थिइन्।मंगलबार भने गुरुङ पीडितका आफन्त तथा परिवारहरू लिएर प्रहरीमा पुगेका थिए। र जाहेरी दर्ता गर्न लगाएका थिए।
सरकारले यसअघि नै उक्त आन्दोलनमा भएको दमनबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय छानबिन आयोग बनाइसकेको छ।