spot_img

इजरायल र हमासबीच युद्धविराम सहमति, तत्काल २० इजरायली बन्दीलाई जीवितै मुक्त गर्दै

spot_img

इजरायल र हमासबीच युद्धविराम सहमति भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा बनेको शान्ति योजनाको पहिलो चरणमा दुवैपक्ष युद्धविराम गर्न सहमत भएका हुन् । यस यस सहमतिको उद्देश्य गाजामा जारी युद्धलाई रोक्ने र कैदीबन्दीहरू रिहाइको सुनिश्चितता गर्नु हो । बीबीसीका अनुसार इजरायल र हमासबीचको सम्झौतामा बिहीबारको दिन इजिप्टमा हस्ताक्षर हुनेछ । यस सम्झौताअनुसार पहिलो चरणमै २० जना इजरायली बन्दीहरूलाई जीवितै मुक्त गरिनेछ । गाजामा मानवीय सहायता पुगोस् भनेर पाँचवटा नाका तुरुन्त खोलिनेछ ।

एसोसिएटेड प्रेस (एपी)का अनुसार, हमासले यो साता नै सबै २० जना जीवित बन्दीहरूलाई मुक्त गर्नेछ । इजरायली सेना गाजाका अधिकांश भागबाट फिर्ता हुँदैछ ।राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस सम्झौता अनुसार सबै बन्दीहरूलाई चाँडै मुक्त गरिनेछ र इजरायलले आफ्ना सैनिकहरूलाई निश्चित सीमासम्म फिर्ता बोलाउनेछ, जुन स्थायी र दिगो शान्तितर्फको पहिलो बलियो कदम हुनेछ । सबै पक्षसँग निष्पक्ष व्यवहार गरिनेछ ।’

यस सम्झौताको ग्यारेन्टी अमेरिका, इजिप्ट, कतार र टर्कीले दिएका छन् । यसबाट दुबै पक्षले सम्झौताको शर्त पालना गरिरहेसम्म पुनः आक्रमण सुरु नहुने बताइन्छ ।

इजरायलको संसदमा सम्बोधन गर्न ट्रम्पलाई निम्तो

यसबीचमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोनमा कुरा गरेका छन् । दुवै नेताहरुले सबै बन्दीहरूको रिहाइसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न पुगेको ऐतिहासिक उपलब्धिमा एक–अर्कालाई बधाई दिएका छन् । उनीहरूले आपसी सहकार्यलाई निरन्तरता दिने सहमति पनि जनाएका छन् । प्रधानमन्त्री नेतन्याहूले राष्ट्रपति ट्रम्पलाई इजरायली संसद (केनेसट) मा सम्बोधन गर्न निमन्त्रणा दिएका छन् ।

सबै पक्षद्वारा सम्झौताको पुष्टि

गाजा शान्ति सम्झौताको प्रारम्भिक चरणबारे बुधबार राति ढिलो इजरायली अधिकारी, हमास र मध्यस्थ कतारले पुष्टि गरेका छन् । यद्यपि वार्ताकारहरूले गाजाको शासन प्रणाली वा हमासको निरस्त्रीकरण जस्ता विवादास्पद विषयहरूबारे सहमति जुटाए कि जुटाएनन् भन्ने कुरा स्पष्ट भइसकेको छैन । अधिकारीहरूका अनुसार यी बाँकी विषयहरूमा इजिप्टमा हुने आगामी वार्ताले सम्झौताका आगामी चरणहरू निर्धारण गर्नेछ ।

कतारले खेलेको महत्वपूर्ण भूमिका

इजरायल र हमासबीचको युद्धविराममा कतारले पनि प्रमुख भूमिका खेलेको बताइएको छ । अमेरिका, इजरायल, इजिप्ट र कतारका वार्ताकारहरू सोमबारदेखि नै इजिप्टको पर्यटकीय सहर शर्म–अल–शेखमा युद्धविराम र ठूलो स्तरको बन्दी–स्वाप (कैदी आदानप्रदान) को रूपरेखा अन्तिम बनाउनका लागि बसेका थिए । यस वार्तामा अमेरिका, इजरायल, इजिप्ट र कतारका प्रतिनिधिहरू सहभागी थिए ।

समाचार एजेन्सी रोयटर्सका अनुसार, कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानी समेत वार्तामा सहभागी भएका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img