spot_img

सरकारले सुरक्षाकर्मी फिर्ता बोलाएपछि पूर्वजनमुक्ति सेनाको सुरक्षा घेरामा बस्नथाले प्रचण्ड

spot_img

गृह मन्त्रालयले बिहीबार स्वीकृत मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेका पूर्वपदाधिकारीहरूको सुरक्षा निकायले तत्काल फिर्ता बोलाउने निर्णय गरेको थियो । सोही निर्णय सञ्चार माध्यमबाट बाहिरिएपछि दीपशिखाले आक्रोश पोखेका हुन् । उनले प्रचण्ड लगायत माओवादी नेताहरुको सुरक्षा पूर्वजनमुक्ति सेना (पीएलए)ले गरिरहेको र गरिरहने सामाजिक सञ्जालमा लेखेका थिए । साथै, ढिलोचाँडो बदलाभावको सत्ता डण्डा ओलीको जस्तै हुने चेतावनी दिएका थिए ।

‘क. प्रचण्ड लगायत माओवादी नेताहरूको सुरक्षा वाईसीएल र पूर्व पीएलएले गर्छ र गरिरहेको छ । बुझ्नुपर्छ– ढिलोचाँडो बदलाभावको सत्ता डण्डा केपी ओलीको जस्तो हुन्छ’, उनले लेखेका छन् ।

सरकारले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरूको सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेकोमा नेकपा माओवादी केन्द्रका नेता तथा योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)का इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले आक्रोश पोखे ।

खबरअनुसार प्रचण्डको ३४ जना सुरक्षाकर्मी फिर्ता हुने क्रममा छन् । यसअघि सरकारले सुरक्षा चुनौतीलाई ख्याल गर्दै प्रचण्डलाई विशेष सुरक्षा दिइएको थियो । शुक्रबार बिहानसम्म मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता भइसक्नेगरी सर्कुलर गरेको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले जानकारी दिए । तर यस्तो निर्णय पूर्वपदाधिकारीहरूलाई मात्र नभई बहालवाला पदाधिकारीहरूको हकमा पनि भएको गृह मन्त्रालय स्रोतले जिकिर गरेको छ ।

माओवादी जनमुक्ति सेनाका पूर्वसर्वोच्च कमाण्डर समेत रहेका प्रचण्ड २०६३ मा भएको तत्कालीन सरकार र विद्रोही माओवादीबिच बृहत शान्ति सम्झौत गरी शान्तिपूर्ण राजनीतिमा आएका थिए । यद्यपि पूर्वप्रधानमन्त्रीको हैसियतमा सशस्त्र प्रहरीका एक कमाण्डरसहित १६ जना र नेपाल प्रहरीका दुई जना जुनियर अधिकृत राख्न पाउने कार्यविधि रहेको गृह प्रशासनले जानकारी दिएको छ ।

भदौ २३ र २४ गते जेनजी विद्रोहका क्रममा देशको केन्द्रीय प्रशासनिक केन्द्र सिंहदरबारसहित सर्वोच्च अदालत, संसद् भवन, राजनीतिक दलहरुका कार्यालय, नेताहरुको निजी निवासमा आगजनी भएपछि प्रचण्ड उच्च सुरक्षा घेरामा बसेका थिए । तर भदौ २४ गते एक दिन मात्र राज्यको सुरक्षामा बसेको दीपशिखाले दाबी गरेका छन् । अघिल्लो दिन सरकारले १९ जना जेनजीको हत्या गरेपछि प्रचण्डले त्यसदिन सिंहदरबारमा विपक्षी दलको आकस्मिक बैठक बोलाएका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img