spot_img

घुस लिने प्रहरी हवल्दारविरूद्ध विशेष अदालतमा मुद्दा

spot_img

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ईलाका प्रहरी कार्यालय बेलचौतारा, तनहुँकी प्रहरी हवल्दार शान्ति भण्डारीविरूद्ध आरोपपत्र दायर गरेको हो।शुक्रबार काठमाडौंको विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताए।

महिला तथा बालबालिका सेवा, केन्द्रमा कार्यरत भण्डारीले नियन्त्रणमा लिइएका व्यक्तिलाई छुटाइदिएबापत सेवाग्राहीसँग घुस मागेकी थिइन्।सो सूचनाको आधारमा पोखराबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट १० हजार घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो।उनले घुस लिएको पुष्टि भएपछि अख्तियारले अदालतमा मुद्दा दायर गरेको हो।उनीविरूद्ध बिगो १० हजार कायम गरी ३ महिनासम्म कैद सजायको मागदाबी गरेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img