spot_img

हुम्ला जिप दुर्घटनाः१२ जना घाइते,७ जनाको अवस्था गम्भीर

spot_img

हुम्लाको चंखेलीमा जिप दुर्घटनामा परी गम्भीर घाइते भएकाहरूलाई लिनका लागि नेपाली सेनाको हेलिकप्टर हुम्ला उडेको छ । सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर हुम्लाका लागि उडिसकेको हुम्लाका डीएसपी शंकर पोखरेलले जानकारी दिए ।

चंखेली गाउँपालिका–४ बेशी खोला स्थितभित्री सडक खण्डमा मेल्छामबाट पिप्लाङ तर्फ जाँदै गरेको कर्णली प्रदेश ०२००१ च १०९१ नं. को डबल क्याप जिप अनियन्त्रित भई सडकदेखि ३०० मिटर तल खस्दा १२ जना घाइते भएका थिए ।

घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ । उनीहरूको उद्धार गरी उपचारका लागि स्थानीय पिप्लाङ बर्थिङ सेन्टरमा पु¥याइएको छ । तर त्यहाँ उपचार सम्भव नभएकोले थप उपचारका लागि नेपालगञ्ज पठाउने तयारी स्वरूप हेलिकप्टर माग गरिएको उनले बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img