spot_img

बागलुङमा गोठमा आगलागी हुँदा २५ बाख्रा जले

spot_img

गलकोट, बागलुङको निसीखोला गाउँपालिका-३ धारखर्कस्थित एक गोठमा आगलागी हुँदा २५ बाख्रा जलेका छन् । आगलागी हुँदा स्थानीय विक्रम विकका २५ बाख्रा जलेको प्रहरी चकी झिवाखोलाका प्रमुख जितु शाहले जानकारी दिए ।बाख्रालाई दाना खुवाउनका लागि पानी तताउने क्रममा बाख्राको पाठोले आगो उछिट्याएपछि आगलागी भएको पीडित विकले जानकारी दिए । आगलागीले गोठ पूर्णरुपमा जलेर नष्ट भएको हो । बाख्रासँगै ६ कुखुरासहित गोठमा भएको घाँसपात र दाउरा सबै जलेर खारानी भएको पीडित विकको भनाइ छ ।शुक्रबार भएको सो आगलागीमा परी ११ बाख्रा मरेका थिए भने १४ वटा गम्भीर घाइते भएका थिए । घाइते बाख्रा पनि मर्ने अवस्थामा पुगेपछि विकले गाउँलेलाई वितरण गरेको बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img