spot_img

सर्वोच्चले पर्सिदेखि रिटसहित नयाँ मुद्दा दर्ता र सुनुवाइ गर्ने

spot_img

काठमाडाैँ,सर्वोच्च अदालतले असोज २८ गते पर्सि मङ्गलवारदेखि रिटसहित नयाँ मुद्दा दर्ता गर्ने भएको छ ।सर्वोच्च अदालतको आज सम्पन्न पूर्ण बैठकले असोज २८ गतेदेखि नयाँ मुद्दा दर्ता गर्ने निर्णय गरेको प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिनुभयो । कोइरालाले निकाल्नुभएको विज्ञप्तिमा मङ्गलवारदेखि नयाँ मुद्दा दर्ता भएसँगै सुनुवाइसमेत शुरू हुने उल्लेख छ ।

जेनजी प्रदर्शनका क्रममा गएको भदौ २४ गते सर्वोच्च अदालतमा आगलागी भएको थियो । आगलागीमा सर्वोच्च अदालतको भवनसहित झन्डै ८० प्रतिशत मुद्दाका मिसिल जलेका थिए ।

सर्वोच्च अदालतले अहिले बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेकका सबै कार्य स्थगन गर्दै आएको छ । पुराना मुद्दा तत्काल अघि बढाउन नसकिने अवस्थामा सर्वोच्चले नयाँ मुद्दा हेरेर अघि बढ्न लागेको हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img