काठमाडौं,त्रिपुरेश्वरस्थित खानेपानी संस्थानमा गएर हुलहुज्जत गर्ने ८ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार आइतबार दिउँसो केही व्यक्तिहरू खानेपानी संस्थानमा पुगेका थिए।
कार्यालयका प्रमुखलाई भ्रष्टाचारीको आरोप लगाउँदै कारबाही गर्छौं भन्दै होहल्ला गरेका थिए। कार्यालय परिसरमै पत्रकार सम्मेलन गर्ने तयारी गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो।
यस्तै काठमाडौंको तीनकुनेलाई जेनजी चोक नामाकरण गर्नुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका ३ जना पनि पक्राउ परेका छन्।