spot_img

पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता, साढे ८ करोड बिगो मागदाबी

spot_img

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरासँग साढे आठ करोड बिगो मागदाबी गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

सुन तस्करी समूहलाई सघाएको अभियोगमा महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार पक्राउ गरेको थियो।

भन्सार ऐन, २०६४ को दफा ५७ को उपदफा (१) तथा संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ को उपदफा १, २ र ३(क) बमोजिमको कसुरमा आठ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो मागदाबी गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

सोही ऐनको दफा ५७ को उपदफा १(घ)को खण्ड (ख)बमोजिम तथा संगठित अपराध निवारण ऐन, २०७० को दफा ९ को खण्ड (क)बमोजिम थप सजाय माग गरिएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img