काठमाडाैँ, डाेल्पा-काठमाडाैं सम्पर्क मञ्चकाे अगुवा कार्यकर्ता भेला काठमाडाैंमा सम्पन्न भएकाे छ ।
शनिबार धुम्वाराहिमा भएकाे अगुवा कार्यकर्ता भेला नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली पक्षका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका अध्यक्ष गाेरखवहादुर बाेगटीकाे प्रमुख आतिथ्यमा सम्मन्न भएकाे हाे । भेलालाइ संवाेधन गर्दै नेता बाेगटीले कर्णालीमा सबैभन्दा बढि आफुहरूकाे पकट रहकाे दावी गर्दै,डाेल्पामा नेकपाकाे बिरासद कायम राख्न समेत निर्देशन दिए ।
यस्तै भेलालाइ संवाेधन गर्दै डाेल्पा जिल्ला समन्वय प्रमुख तथा नेता शेर बहादुर बुढाले डाेल्पा ओली पक्षकाे लालकिल्ला भएकाे दावी गरेका छन्। कर्णाली प्रदेशमा मात्र नभएर सम्पूर्ण नेपाल भरिकै तुलना गर्दा समेत डाेल्पा ओली पक्ष बलियाे पकड रहेकाे बताउँदै आउदाे चुनावमा बहुमतका साथ जित्ने दावी गरे ।
यस्तै नेकपा ओली पक्षका डाेल्पा जिल्ला अध्यक्ष दत्त बहादुर राेकायाले अव जिल्लाभित्र दुइ ठुला आमसभाकाे आयाेजना गरिने जानकारी दिए । भुगाेलकाे आधार मानेर चाँडै जिल्लामा पार्टीका दुइ ठुला भेलाकाे आयाेजना गरिने बताए ।
सम्पर्क मञ्चका संयाेजक भिम बुढाका अनुसार भेलामा पार्टी सम्पर्क मञ्चका संयाेजक,सहसंयाेजक सहित नेकपा डाेल्पाका नेता कार्यकर्ताकाे बाक्लाे उपस्थिति सहित भव्यताका साथ सम्पन्न भएकाे जानकारी दिए ।