spot_img

विश्वकप नजिक नेपालःआज ओमानसँग भिड्दै नेपाल

spot_img

आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ। आजको खेलमा जित निकाले नेपाल टी–२० विश्वकपमा छनोट हुनेछ । खेल बेलुका राति ८ः४५ बजे सुरु हुनेछ। सुपर सिक्समा यूएई र कतारलाई हराइसकेको नेपालले अन्तिम खेलमा शुक्रबार सामाओसँग प्रतिस्पर्धा गर्दैछ।

सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष स्थानमा रहने तीन टिमले भारत र श्रीलंकामा हुने २०२६ को टी२० विश्वकप खेल्नेछन्।

नेपालले खेलेका चारमध्ये दुई खेल अन्तिम ओभरमा सकिएको छ । यूएई र कतारविरुद्धको सुपर सिक्सको खेल अन्तिम ओभरसम्म पुगेको थियो । नेपाली क्रिकेटका लागि भने यो रोचक कुरा हो । नेपालविरुद्ध यूएईले १४१ रनको लक्ष्य पछ्याउँदा अन्तिम ओभरको अन्तिम बलसम्म जित्न सक्ने अवस्था थियो ।

तर, नेपालका दीपेन्द्र सिंह ऐरीले अन्तिम ओभर बलिङ गर्न आउँदा यूएईलाई १० रन आवश्यक थियो । यूएईका प्राशरले अन्तिम ओभरको तेस्रो बलमा छक्का प्रहार गर्दा अन्तिम ओभरको तीन बलमा यूएईलाई नेपाल रोक्न सफल भयो ।दीपेन्द्रले अन्तिम ओभरको चौथो बलमा विकेट लिन सफल भए । त्यस्तै पाँचौँ र छैटौँ बलमा पनि नेपालले विकेट लिँदै खेल आफ्नो पक्षमा बनायो ।

त्यसपछि सुपर सिक्सको दोस्रो खेलमा पनि नेपालले अन्तिम ओभरमा जित निकाल्न सफल भयो । नेपालले कतारविरुद्ध अन्तिम ओभरमा जित निकाल्दा सन्दीप लामिछानेले बलिङ गरेका थिए । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याउँदा कतारले अन्तिम ओभरमा १० रन बनाउनु पर्ने थियो ।

तर, सन्दीपले खेललाई आफ्नो पक्षमा फर्काउँदै अन्तिम ओभरको दुई बल डट बल फाले । त्यस्तै तेस्रो ओभरमा विकेट लिँदै कतारलाई झनै प्रेसरमा राख्न पुगे ।चौथो बलमा सन्दीपले एक रन खाँदा पाँचौँ ओभरमा दुई रन खर्चे । कतारलाई अन्तिम ओभरको बलमा छक्का प्रहार गर्दा मात्र खेल सुपर ओभरमा पुग्ने अवस्था थियो ।

अन्तिम ओभरमा सन्दीपको बललाई विकेट किपर आसिफ शेखले स्टम्पिङ गर्दा नेपालले ७ रनको जित हासिल गर्न पुग्यो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img