spot_img

शिक्षामन्त्री महावीर पुन एक्सनमाःशिक्षा क्षेत्रमा यस्ता भए छाेटाे समयका कामहरू

spot_img

 गत असोज ५ गते शिक्षामन्त्रीमा नियुक्त भएका महावीर पुनले नियुक्त भएदेखि गरेका कामहरू सार्वजनिक गरेका छन् । मन्त्री पुनले बुधबार सामाजिक सञ्जाल एक्समार्फत चार बुँदामा कामको विवरण सार्वजनिक गरेका हुन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को २०६९ देखि सम्बन्धनका लागि निवेदन दिएको तर अहिलेसम्म सम्बन्धन नपाएका आवेदनहरूको छानबिन गरी मंसिर महिना भित्र नतिजा निकाल्न कार्यदल गठन गरिएको छ ।

त्यस्तै नेपाल खुला विश्वविद्यालयको रिक्त रहेको १० जना र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको ७ जना सिनेटरहरूको रिक्त रहेको पदमा बिना कुनै राजनैतिक दबाब नियुक्त गरिएको छ । साथै सिनेटरहरू नभएर रोकिएका कामहरू अगाडि बढाइएको छ ।

विज्ञान तथा प्रविधि मन्त्रालयलाई शिक्षा मन्त्रालयबाट हटाएर छुट्टै मन्त्रालय बनाउने र विज्ञान प्रविधि, नवप्रवर्तन, सूचना प्रविधि, जल तथा मौसम विज्ञान सम्बन्धी कामहरू सोही मन्त्रालय मार्फत गर्न गराउने कुराको फाइदाबारे छलफल सुरु गरिएको छ ।

विश्वविद्यालयहरूमा पहिलेका सरकारको पालामा राजनीतिक भागबन्डा नमिलेर रिक्त रहन गएका पदहरूमा निष्पक्ष तरिकाले योग्य पदाधिकारीहरू छनौटको काम अगाडि बढाइएको मन्त्री पुनले बताए । उनका अनुसार यसमा कुनै भनसुन लाग्ने छैन ।

mahabir

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img