spot_img

एमाले बैठकमा ओलीले राजीनामा माग्नेहरूलाई पेलेरै बढेःपद नत्याग्ने,बहुमत भए फालेर देखाउन चुनाैंती,विद्या भण्डारी समुह अझै पेलानमा

spot_img

निर्वतमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व परिवर्तनको एजेण्डा उठाउनेहरुलाई पेलेरै केन्द्रीय कमिटी बैठक अगाडि बढाएका छन् ।ललितपुरको जावलाखेलस्थित एक पार्टी प्यालेसमा आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा नेतृत्व परिवर्तनको वकालत गर्नेहरूलाई लिखित प्रस्ताव, उद्घाटन मन्तव्य, बैठक सञ्चालन प्रक्रिया लगायतबाट अस्वीकार गरेका छन् ।सरकारी सुरक्षा बाहेक भूतपूर्व सैनिक तथा प्रहरी र युवा संघका कार्यकर्ताहरूको स्कटिङमा जावलाखेल पुगेका ओलीले बैठक उद्घाटन गर्दै फेसबुकबाट मागिएको राजीनामा नदिने अडान लिए ।

‘पार्टीभित्र पनि केही सुरबीरहरुलाई एउटा लहर चलेको देख्छु, लहड चलेको दुख्छु– अध्यक्षले छोड्नुपर्छ,’ ओलीले भने, ‘मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले भन्ने होइन । यो कमिटीले भन्ने हो ।’ओलीले यति अडान लिइसक्दासम्म सार्वजनिक मागकै आधारमा राजीनामा नदिने प्रष्ट संकेत दिइसकेका थिए । जेनजी पुस्ताको आन्दोलन पछिको एक महिनासम्मका गतिविधि, नेताहरूसँगको संवाद र बैठकहरू मार्फत् नेतृत्व नछोड्ने प्रष्ट पारिसकेका ओलीले केन्द्रीय कमिटी बैठकलाई पनि त्यही सन्देश दिए ।

केन्द्रीय कमिटी सदस्यहरूले बैठकमा राजीनामा मागे दिने, तर सार्वजनिक वकालतलाई अस्वीकार गर्ने ओलीले अडान लिए । आम सञ्चार माध्यममा अन्तर्वार्ता दिने नेताहरूको समेत खिसिट्युरी गर्न पछि नपरेका ओलीको चाहना बुझेकाहरूले बारम्बार तालीले स्वागत गरेका थिए ।

ओलीको दस्तावेज ः प्रतिनिधिसभा पुनस्र्थापनाका लागि सडक आन्दोलन गर्ने प्रस्ताव
पार्टी अनुशासनबारे विधानमै प्रष्ट व्यवस्था हुँदाहुँदै संगठन विभागले कारबाही गरेर केन्द्रीय सचिवालयलाई जानकारी मात्र गराए पुग्ने प्रस्ताव ओलीले ल्याउनुको उद्देश्य लुक्दैन । अर्थात् पार्टी नेतृत्वबारे प्रश्न उठाउनेहरूको मनोबल कमजोर पार्नकै लागि यस्तो प्रस्ताव आएको बुझ्न गाह्रो पर्दैन ।

नेताहरूका अनुसार बैठक तयारीकै क्रममा पनि भिन्न मतलाई कमजोर पार्ने प्रयास भएको छ । ‘प्रदेश इन्चार्ज र सिनियर नेताहरू मार्फत् प्रदेशगत केन्द्रीय सदस्यहरूको भेला गरिएको छ । ‘कोशी प्रदेशका भेला भयो भने मधेशको हिजो भयो,’ एक नेता भन्छन्, ‘अरू प्रदेशमा पनि यस्तै भेलाहरू भयो ।’ उनका अनुसार प्रदेशगत रूपमा भएको केन्द्रीय सदस्यहरूको भेलामा नेतृत्वको मनोविज्ञान बुझेर बैठकमा धारणा राख्न निर्देशन दिइएको थियो ।

नभन्दै निर्देशन बमोजिम नै केन्द्रीय सदस्यहरूले आफ्ना कुरा राखेका छन् । ‘पहिलो दिनको बैठकमा बोलेका ५० जना मध्ये १५ जना जतिले मात्रै पार्टी यथास्थितिमा चल्न सक्दैन, समीक्षा गर्नुपर्छ भन्नुभयो,’ उनी भन्छन् ।

उनीहरूले बैठकमा प्रस्तुत तथ्यहरू वस्तुगत नरहेको तर्क गरेका थिए । सधैं अन्तिममा पालो पाउने हेमराज राईले पहिलो वक्ताका रूपमा पार्टी निष्कर्षमा असहमति जनाएका थिए ।

महाधिवेशनको प्रस्तावले उत्साहित !

जेनजी पुस्ताको विद्रोहका क्रममा उत्पन्न परिस्थितिको नैतिक जिम्मेवारी लिनुपर्ने मतलाई नमाने पनि ओलीले महाधिवेशनको मिति भने प्रस्ताव गरेका छन् । आगामी २७–२८ मंसिरमा पोखरामा एघारौं महाधिवेशन गर्ने प्रस्ताव ओलीले बैठकमा राखेका हुन् ।ओली पक्षका नेताहरूले यो प्रस्तावलाई सुल्टो र सकारात्मक निर्णय भनेका छन् । बैठकमा बोल्ने कतिपय केन्द्रीय सदस्यहरूले त महाधिवेशनको मिति प्रस्ताव गरेर नेतृत्वले पार्टीलाई एकताबद्ध राख्ने काम गरेको तर्क गरेका थिए ।

केन्द्रीय सदस्य विष्णु रिजालले महाधिवेशनको मिति प्रस्ताव गरेकोमा अध्यक्ष ओलीलाई धन्यवाद नै दिए । ‘सचिवालयमा गहन छलफल गरेर सर्वसम्मत रुपमा महाधिवेशनमा जाने प्रस्ताव गर्नुभयो, यसका लागि उहाँ धन्यवादको पात्र हुनुहुन्छ,’ रिजालले भने ।

एमाले केन्द्रीय सदस्यहरूलाई बोल्न ३ मिनेट समय
अबको दुई महिनामा महाधिवेशन गर्ने प्रस्ताव गर्दा नेतृत्व परिवर्तन, पुस्तान्तरण र हस्तान्तरण भन्नेहरूको बोली समेत बन्द भएको उनको बुझाइ छ । ‘महाधिवेशनको मिति घोषणा भएपछि नेतृत्वबारे त्यही छलफल हुने भयो । बैठकबाटै छोड, अहिले छोड भन्ने अतिवादी सोचलाई पनि महाधिवेशनको प्रस्तावले मत्थर पार्यो,’ रिजालको विश्लेषण छ ।

विद्याको पक्षमा उठ्यो आवाज

नेताहरूका अनुसार आजको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणको एजेण्डा फेरि उठेको छ । नेताहरू सरिता न्यौपाने, सर्मिला कार्की, सोम मिश्र, हरि राई, विद्या सुन्दर शाक्य लगायतले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा स्वागत गर्नुपर्ने सुझाव राखेका छन् ।

‘अरु पार्टीका नेता–कार्यकर्तालाई एमाले आउन भनेर अध्यक्षले अपील गर्नुभयो । यो ठीक छ । तर पार्टीमै सक्रिय हुन्छु भन्नु भएका विद्या भण्डारीलाई चाहिँ किन रोक्ने ?,’ उनीहरुको साझा तर्क थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img