spot_img

एमाले अध्यक्ष ओलीले भनेःअध्यक्षबाट राजीनामा दिन्न,विद्याकाे सदस्यता नविकरण नहुने देखि सरकारले थुन्ने प्रयास गरेकाे आराेप

spot_img

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो काँधमा जिम्मेवारी भएको भन्दै त्यो पूरा नगरी राजीनामा नदिने बताएका छन् । बुधवारदेखि जारी केन्द्रीय समिति बैठकको समापनमा सम्बोधन गर्ने क्रममा उनले आफूले अहिले नै राजीनामा नदिने बताएका हुन् । ओलीले आफ्नो राजीनामाबारे महाधिवेशनमा छलफल गर्ने बताएका छन् ।‘केही साथीले राजीनामा माग्नुभाछ । मसँग माग्नु भाको होइन, माइकमा सोधेको थिए,’ ओलीले भने, ‘५५ वर्षदेखि एउटा सानो टुक्रो आन्दोलन बोकेर ल्याएको हुँ । मेरो काँधमा जिम्मेवारी छ । त्यो पूरा नगरी छाड्दिनँ । मेरो राजीनामा महाधिवेशनमा छलफल गरौँला । प्रतिनिधिहरूसँग फैसला मागौंला । पार्टीलाई तिक्तताका साथ अघि नबढाऔँ । मित्रताका साथ जाऔँ ।’

उनले राजीनामाबारे महाधिवेशन प्रतिनिधिले फैसला गर्ने पनि बताए । जेनजी आन्दोलनपछि प्रमुख राजनीतिक दलका नेतृत्वहरूलाई राजिनमा दिएर युवापुस्तालाई अवसर दिन दबाब छ । यसैबीचमा नेपाली काँग्रेसका सभापति देउवाले पार्टीको नेतृत्व छोडेका छन् । एमालेमा ओलीको राजीनामा लिएर विभिन्न केन्द्रीय सदस्यहरूले प्रस्ताव नै राखेका थिए ।

सरकारले मलाई पटक–पटक थुन्ने प्रयास ग¥यो

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारले आफूलाई पटक–पटक थुन्ने प्रयास गरेको बताएका छन् ।दसौँ केन्द्रीय कमिटी बैठकको समापन समारोहलाई शुक्रवार सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘यो सरकारले मलाई पटक–पटक थुन्ने प्रयास गरिरहेको छ । त्यसका लागि मिटिङ र छलफल गरिरहेका छन् ।’

विद्यालाई ओलीको जवाफ–“माइती बनेर आउन पर्दैन”
ओलीले आफू विद्या भण्डारीको अप्ठेरो बेलाको साथी भएको बताए । उनले सदस्यता नवीकरण माग्नेहरूतर्फ इंकित गर्दै कोही पनि माइती बनेर आउन नपर्ने बताए ।

‘कोही यहाँ विद्या भण्डारीको माइती बनेर आउनु पर्दैन । म विद्या भण्डारीलाई राम्रै जान्छु,’ ओलीले भने, ‘जब उहाँ असजिलो अवस्थामा हुनुहुन्थ्यो, मैले सहयोग गरेको हुँ । म उहाँको अप्ठेरो बेलाको साथी हुँ ।’

साथै, उनले बरु भण्डारीले आएर सघाउनुपर्ने समेत बताए । ‘कसैले यहाँ ठुला कुरा नगरौँ । म सजिलो बेलाको होइन, असजिलो बेलाको साथी हुँ । बरु उहाँले आएर सघाउनुपर्ने हो,’ ओलीले हलमा भने ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img