spot_img

नेपालले सामोआलाई दियो २ सय १२ रनको लक्ष्य

spot_img

काठमाडाैँ, दुई खेलाडीले अर्धशतक बनाएपछि नेपालले आइसिसी टी–२० विश्वकप छनोटको अन्तिम खेलमा सामोआलाई २१२ रनको लक्ष्य दिएको छ ।

शुक्रबार ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २११ रन बनाएको हो।

नेपालका ओपनर आसिफ शेखले सर्वाधिक ६९ रन बनाए। उनले ४१ बलमा ७ चौका र ४ छक्का प्रहार गरेका हुन्। तेस्रो नम्बरमा आएका दीपेन्द्र सिंह ऐरीले ३३ बलमा ५३ रन बनाए। यो प्रतियोगितामा पहिलो पटक तेस्रो क्रममा आएका दीपेन्द्रले २ छक्का र ४ चौका हिर्काएका हुन्।

यसबाहेक कुशल भुर्तेलले १७, कप्तान रोहितले २१ तथा लोकेश बमले ३९ रन बनाए।

प्रशिक्षक स्टुआर्ट लले अन्तिम खेलमा सोमपाल कामी, कुशल मल्ल र आदिल आलमलाई विश्राम दिँदै करण केसी, आरिफ शेख र ललित राजवंशीलाई मौका दिएका छन्।

नेपाल लगातार खेल जित्नै विश्वकपमा छनोट भइसकेको छ। नेपाल सामोआलाई हराउँदै विश्वकप छनोटको एसिया तथा इष्ट एसिया प्यासिफिकको च्याम्पियन बन्ने योजनामा छ।यो प्रतियोगिताबाट नेपालसहित युएई र ओमान विश्वकपमा पुगिसकेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img