काठमाडाैँ, भदौ २३÷२४ को घटना जाँचबुझ आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीमाथि लगाएको उपत्यका छाड्न नपाउने आदेश ७ दिनका लागि फुकुवा गरेको छ।उपत्यका छोड्न पाए पनि विदेश भ्रमणमा रोक भने यथावत रहेको भदौ २३÷२४ को घटना सम्बन्धी जाँचबुझ आयोगले जनाएको छ।
असोज ३१ गते (शुक्रबार) बसेको जाँचबुझ आयोगको बैठकले दुवाडीलाई ७ दिन उपत्यका छोड्न अनुमति दिइएको जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए।
उनका अनुसार हाल दुवाडी राष्ट्रिय योजना आयोगको सचिवका रूपमा कार्यरत छन्। सो कारण जेन–जी आन्दोलनको क्रममा भएको सार्वजनिक सम्पत्तिको क्षतिको मूल्याङ्कन गर्न सातै प्रदेशमा जानुपर्ने भएकाले ७ दिनका लागि फुकुवा गरिएको हो।
फुकुवा गरिएको समयमा पनि आयोगले बोलाएको बेलामा बयान दिन आउनुपर्ने उनले बताए