spot_img

अध्यक्ष पद छाड्न तयार रहेको घोषणा गर्दै प्रचण्डले भने ओलीलाइ व्यङ्ग्य गर्दै भने पटक–पटक संसद् विघटन गर्नेहरूले पुनस्र्थापनाको कुरा गर्नु हास्यास्पद

spot_img

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू अध्यक्ष पद छाड्न तयार रहेको बताएका छन्। पेरिसडाँडामा आयोजित अखिल नेपाल ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पद छाड्न तयार रहेको घोषणा गरे।उनले भने, ‘कतिपयले अध्यक्ष छाड् छाड् भन्दैछन्, मलाई अध्यक्ष चाहिएको छैन। मैले यही कुरालाई मनन गरेर केन्द्रीय समितिलाई आयोजक समितिमा, अध्यक्षलाई संयोजक बनाएको हुँ। महाधिवेशनमा जस्तोसुकै त्याग गर्न तयार छु।’

उनले समाजवादी मोर्चामा आबद्ध पार्टीहरूबिच एकताको तयारी भइसकेको बताए। उनले जेनजी युवाहरू आजको क्रान्तिकारी भएको बताए।उनले थपे, ‘जेनजी युवाहरू हाम्रो उत्तराधिकारी हुन्, क्रान्तिकारीको उत्तराधिकारी हुन्, अरूले धेरै लोलोपोतो नगरे हुन्छ। हामी हिजोका क्रान्तिकारी हौँ। प्रतिक्रियावादीद्वारा आतंककारी भनिएका हामी, तपाईँ जेनजी युवाहरू आजका क्रान्तिकारी। अहिले पनि प्रतिकृयावादीहरुले तपाईँहरूलाई आतंककारीकै दर्जामा राख्न चाहेका छन्। आउनुस् सबै क्रान्तिकारी एक भएर यो देशलाई अझ समुन्नत बनाउन सहयोग गरौँ।’

पटक–पटक संसद् विघटन गर्नेहरूले पुनस्र्थापनाको कुरा गर्नु हास्यास्पद

माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले यसअघि संसद् विघटन गर्ने केपी ओलीको समूहले अहिले संसद् पुनः स्थापनाको कुरा गर्नु विडम्बनापूर्ण भएको बताएका हुन् । उनले आगामी माघ २१ गतेको निर्वाचन संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाको हिस्सा भएको उल्लेख गर्दै निर्वाचन हुन नसके देशमा अर्को अराजकता आउन सक्ने बताए । । घोषित निर्वाचनलाई भाँड्ने काम कसैले नगर्न उनले चेतावनी दिए । प्रचण्डले सबैले राष्ट्रिय सहमतिका साथ चुनाव सम्पन्न गराउनु जरुरी रहेको जिकिर गरे ।

उनले सरकार निर्वाचन गर्न गम्भीर रहेको विश्वास आफूलाई रहेको बताए । प्रचण्डले वर्तमान संविधान केही हदसम्म ट्र्याकबाट चिप्लिएको उल्लेख गर्दै त्यसलाई ट्र्याकमा ल्याउने उपाय भनेकै संविधान संशोधन भएको बताए । उनले समाजवादी मोर्चामा आबद्ध बाम शक्तिहरूबिच चाँडै औपचारिक एकता घोषणा हुने जानकारी दिए ।

प्रचण्डले जेनेरेसन जेडलाई क्रान्तिकारी आन्दोलनको उत्तराधिकारीको रूपमा चित्रण गर्दै उनीहरूमाथि अपमानजनक टिप्पणी जायज नहुने स्पष्ट पारे । त्यस्तै उनले जुनसुकै क्रान्तिमा आफ्नो मित्र शक्ति र दुस्मन शक्ति छुट्टाउन नसक्दा बलिदानका उपलब्धिहरूलाई संस्थागत गर्न नसकिने उल्लेख गर्दै आफ्नो मित्र शक्ति चिन्न आग्रह समेत गरे ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img