त्रिपुरासुन्दरी ११ द्वारा आयोजित वडाकपकाे उपाधि वडा नम्वर १ टिमले उचालेकाे छ
डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका वडा नम्वर ११ द्वारा आयोजित वडास्तरिय भलिवल प्रतियाेगिताकाे उपाधि १ नम्वर वडा टिमले उचालेकाे हाे। वडा नं ११ मुहू गाउँमा संचालित प्रतियाेगितामा आयोजित प्रथम वडा कप खेलकुद प्रतियोगिताको भलिबल तर्फको उपाधि त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ को भलिबल टिमले लगेको छ। प्रतिद्वन्दी वडा नम्वर ६ फुलचिङ टिमलाइ साेझाे सेटमा पराजित गर्दै उपाधि उचालेकाे हाे।
फाईनलमा त्रिपुरासुन्दरी १ ले पहिलो सेटमा पहिलो सेट २५-१७,दोश्रो सेट २५-२२ , तेश्रो सेट २५-२३ को सोझो अन्तरालमा प्रथम वडा स्तरीय भलिवल कप २०८२ को उपाधि हात पारेको हो।फाइनल खेलमा पराजित भए सगै त्रिपुरासुन्दरी ६ उपविजेता बनेको छ।
प्रथम वडा कप खेलकुद प्रतियोगितामा भलिबल तर्फको विजेता टीमले त्रिपुरासुन्दरी १ ले नगद रु ५०,५०५, ट्रफि, मेडल सहित प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता टीम त्रिपुरासुन्दरी ६ ले नगद रु ३०,३०५, ट्रफि, मेडल सहित प्रमाणपत्र, तृतीय हुने त्रिपुरासुन्दरी ८ ले नगद रु १५,१०५, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।



- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -