काठमाडाैँ,जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर(१३ चुनिखेल स्थित नेवा चुली रिसोर्टबाट दुई लाख एकतीस हजार नगद सहित नौ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका(८ घर भई हाल काठमाडौंको जोरपाटी बस्ने ३३ वर्षीय सुजन श्रेष्ठ, बुढानिलकण्ठको चुनिखेल बस्ने ३३ वर्षीय विकास श्रेष्ठ, बुढानिलकण्ठ चुनिखेल बस्ने बर्ष ३१ का राकेश श्रेष्ठ, ३७ वर्षीय शुनिल श्रेष्ठ, काठमाडौंको बसुन्धरा बस्ने ३८ वर्षीय सुरज राना, काठमाडौंको सोह्रखुट्टे नयाँबजार बस्ने २७ वर्षीय नामगेल भोलान, मैपी बस्ने ४२ वर्षीय रामशंकर पराजुली, चुनिखेल करूणाअस्पताल नजिकै बस्ने ३७ वर्षीय जितेन्द्र तामाङ र जय कुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।