spot_img

वृद्ध दम्पतिमाथि निर्घात कुटपिट, श्रीमतीको घटनास्थलमै मृत्यु, श्रीमान गम्भीर घाइते

spot_img

पाल्पामा कुटपिटबाट एकजना वृद्धाको मृत्यु भएको छ। अर्का एकजना वृद्ध घाइते भएका छन् । मृत्यु हुनेमा माथाँगढी गाउँपालिका– ४ का ७६ वर्षीया फुलमाया जिसी रहेकी छन् । उनका श्रीमान ८२ वर्षीय प्रेमबहादुर जिसी गम्भीर घाइते भएका छन् ।

कुटपिटबाट फुलमायाको घटनास्थमै मृत्यु भएको हो । घटनामा संलग्न भएको आरोपमा सोही पालिकाका –४ झडेवा बस्ने ३७ वर्षीय मिनबहादुर विकलाई पाल्पा प्रहरीले पक्राउ गरेको छ ।

घाइते ८२ वर्षीय प्रेमबहादुरलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि लुम्बिनी सिटी अस्पताल बुटवलमा रिफर गरिएको पाल्पा प्रहरीले जनाएको छ ।

वृद्ध दम्पत्तीको घरमै पुगेर सोमबार राति कुटपिट गरेपछि फुलमायाको घटनास्थमै मृत्यु भएपछि भागेका थिए । प्रहरीले हत्याका आरोपित विकलाई झडेवामा लुकिरहेको अवस्थामा पक्राउ गरी थप अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img