spot_img

निर्वाचनव सफल पार्न दलहरूले सरकारलाई सहयोग गर्नुपर्छ, पुन

spot_img

 काठमाडौं, नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले आउँदो २१ फागुनमा तोकिएको निर्वाचन सफल पार्नुको विकल्प नभएको बताएका छन् ।मंगलबार ललितपुरमा आयोजित तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा आयोजित चियापान कार्यक्रममा पुनले माओवादी केन्द्रले निर्वाचन सफल बनाउन सरकारलाई पूर्ण सहयोग गर्ने बताए ।

उनले नेपाली काँग्रेस र एमालेसहित सबै राजनीतिक दललाई पनि चुनावका तयारीमा जुट्न आग्रह गरे ।

‘संविधानलाई सही बाटोमा ल्याउन तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नुको विकल्प छैन। हामी चुनावका लागि प्रतिबद्ध छौं र सबै दललाई पनि त्यसको पक्षमा उभिन आग्रह गर्छौं,’ उनले भने ।

उनले केही दिनअघि आफू र नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी माओवादी केन्द्र निर्वाचनको पक्षमा रहेको स्पष्ट पारेको जानकारी दिए ।

‘प्रधानमन्त्रीले हामीलाई बोलाउनुभएको थियो। हामीले भन्यौं— माओवादी चुनावको पक्षमा छ। हामी चुनावी वातावरण बनाउँछौं, तर अरु दलले पनि त्यसका लागि योगदान दिनुपर्छ,’ पुनले भने ।

पुनले भदौ २३ गतेको जेनजी आन्दोलनलाई जनआवाजको सही अभिव्यक्ति भनेका छन्, तर २४ गते भएको तोडफोड र विध्वंस बाह्य घुसपैठीयाले गराएको बताए ।

दुवै दिनका घटनामा संलग्नलाई छानबिन गरी कारबाही गर्न उनले सरकारसँग माग गरे ।कांग्रेस–एमाले मिलेर बनेको केपी शर्मा ओली नेतृत्वको दुई तिहाइको सरकार भ्रष्टाचार र बिचौलियाको स्वार्थमा केन्द्रित भएकाले जनतामा निराशा र आक्रोश फैलिएको उनको दाबी छ ।

जनतामा आम असन्तुष्टि नयाँ पुस्ताको अगुवाइमा ‘जेनजी आन्दोलन’का रूपमा विस्फोट भएको उनको भनाइ छ ।

‘ओलीको निरंकुशता, स्वेच्छाचारिता र भ्रष्ट चरित्रविरुद्ध जनता सडकमा आएका हुन्,’ उनले भने, ‘हामीले पटक–पटक जनताको भावना बुझ्न र कार्यशैली सुधार्न आग्रह गर्यौं, तर सरकारले सुनेन ।’

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि जनताको असन्तुष्टि पहिल्यै बुझेर ‘लाखौं जनता सिंहदरबार र बालुवाटार घेर्न आउँछन्’ भनेको स्मरण गरे ।

तर सो भनाइलाई तोडमोड गरी माओवादीलाई सिंहदरबार जलाउन चाहने शक्तिको रूपमा चित्रण गर्न खोजिएको उनले आरोप लगाए ।

‘प्रचण्डले सिंहदरबार जलाउन भनेका होइनन्, जनतामा बढ्दो असन्तुष्टि सरकारले बुझोस् भन्ने सन्देश दिएका हुन्,’ उनले भने ।

उनले माओवादी र अन्य दल एउटै हुन् भन्ने धारणा स्थापित गर्ने प्रयास भइरहेको उल्लेख गर्दै सुशासनका मामिलामा माओवादी फरक रहेको दाबी गरे ।‘प्रचण्ड नेतृत्वको सरकारले १८ महिनामा सुशासनका पक्षमा गरेका कदम नै त्यसको प्रमाण हुन्,’ उनले भने ।

पुनले विगतका सबै चर्चित भ्रष्टाचार र अनियमितता प्रकरण छानबिन हुनुपर्ने माग गर्दै आफ्नो दल त्यसमा सहयोग गर्न तयार रहेको बताए । ‘हामी सरकारमा रहेर नेता, कार्यकर्ता वा समर्थकको शिर निहुराउने काम गरेका छैनौं,’ नेता पुनले भनेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img