spot_img

६ महिनामा सरकारी कर्मचारीको पारिश्रमिकका लागि ६८ अर्ब ६९ करोड बढि खर्च

spot_img

काठमाडौं ,  सरकारले चालु आर्थिक वर्षको ६ महिनामा कर्मचारीको पारिश्रमिकका लागि ६८ अर्ब ६९ करोड ४० लाख रुपैयाँ खर्च गरेको छ ।अर्थ मन्त्रालयले सो रकम पारिश्रमिकको लागि निकासा गरेको हो ।पारिश्रमिककै लागि चालु वर्षका लागि १ खर्ब २० अर्ब रुपैयाँ छुट्याइएको थियो । यस्तै महँगी भत्ताका लागि २ अर्ब ७६ करोड ३२ लाख ६६ हजार रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।

चालु आवका लागि महँगी भत्ताका लागि ४ अर्ब ७० करोड रुपैयाँ छुट्याएको थियो । यता कर्मचारी बैठक भत्ताका लागि ८९ करोड, अन्य भत्ताअन्तर्गत ५० लाख र पदाधिकारीको पारिश्रमिक बाहेकका सुविधाका लागि ६ करोड ४५ लाख रुपैयाँ खर्च गरेको छ ।सरकारले नियुक्त गरेको पदाधिकारीको पारिश्रमिकका लागि मात्र ९४ करोड खर्च गरेको छ । सरकारले चालू आर्थिक वर्षमा मेशनरी तथा औजार किन्न १ अर्ब २४ करोड रुपैयाँ खर्च गरेको छ ।

जसका लागि ३ अर्ब ४० करोड रुपैयाँ बजेट विनियोजन भएकोमा ६ महिनाको अवधिमा सो रकम खर्च गरेको हो । सरकारले हरेक महिना रकमान्तरको विवरण सार्वजनिक गर्ने भएपनि केही महिना यता रकमान्तरको विवरण सार्वजनिक गरेको छैन ।सरकारले चालु आवको लागि १४ खर्ब ७४ अर्बको बजेट ल्याएको थियो । सो मध्ये हालसम्म ४ खर्ब ८२ अर्ब रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img