spot_img

दाजुले बहिनीलाई ’प्रेमी’ वडासदस्यको घरमा छाडेर गए, बिहान मृत भेटिइन्

spot_img

कैलालीमा,  एकजना वडा सदस्यको कोठामा प्रेमिका मृत भेटिएकी छन्। गौरीगंगा नगरपालिका–३ का कार्यवाहक वडाअध्यक्षसमेत निरज चौधरीको कोठामा उनकी प्रेमिका सञ्जिता चौधरी आइतबार बिहान मृत भेटिएकी हुन्।युवतीका दाजु रमेश चौध रीले १० वर्षदेखि हालका वडा सदस्यसँग प्रेम सम्बन्धमा रहेकी बहिनीलाई शनिबार छोडेर गएका थिए। तर आइतबार बिहान उनकै कोठामा बाहिरबाट ताला लगाएको अवस्थामा उनी मृत भेटिएकी हुन्।

पासो लगाएको अवस्थामा उनको भेटिए पनि खुट्टा भने भुइँमा टेकिएको अवस्थामा थियो। बाहिरबाट कोठामा ताला लगाएकाले हत्या भएको आशंका परिवारले गरेको छ।कैलाली प्रहरीले घटनाबारे प्रारम्भिक सूचना आइपुगेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले घटनाबारे विस्तृत विवरण आइनसकेको बताउ।जानकारी पाएपछि इलाका प्रहरी कार्यालय चौमालाको टोली घटनास्थल सिल गरेको छ। युवती आफ्नै कोठामा झुन्डिएको अवस्थामा भेटिए पनि उनका प्रेमी एवम् वडा सदस्य भने बेपत्ता भएका छन्।

उनले केही दिनअघि मात्रै अर्कै युवतीसँग बिहे गरेका थिए। वडासदस्य चौधरी र पत्नी शनिबार रातिबाटै सम्पर्कविहीन भएका छन्। त्यो वडाका अध्यक्ष नरेन्द्र शाहको कोरोना भाइरसका कारण मृत्यु भएपछि चौधरीलाई कार्यवाहक वडाअध्यक्षको जिम्मेवारी दिइएको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img