spot_img

प्राधिकरणले बक्यौता तिर्न अटेर गर्ने २५ उद्योगको लाइन काट्यो

spot_img

पटक–पटक ताकेता गर्दा पनि बक्यौता तिर्न अटेर गर्दै आएका २५ निजी उद्योगमा विद्युत् प्राधिकरणले लाइन काटेको छ । पछिल्लोपटक १२ असोजमा २१ कार्यदिन (बिदाबाहेक)को अल्टिमेटम दिँदा पनि सम्पर्कमै नआएपछि प्राधिकरणले लाइन काटेको हो ।

२ कात्तिकमा अल्टिमेटम सकिएपछि ४ कात्तिकमै ६ उद्योगमा लाइन काटेको प्राधिकरणले १८ उद्योगमा शुक्रबार (७ कात्तिक)मा काटेको हो । नौ करोड ४४ लाख बक्यौता भएको एभरेस्ट पेपर मिलले भने नियमित महसुलसमेत नतिरेका कारण यसअघि नै लाइन काटिएको थियो । देशले चरम लोडसेडिङ भोगेका वेला ६५ प्रतिशत प्रिमियम महसुल तिर्ने सर्तमा ०७२ माघदेखि ०७५ वैशाखसम्म डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत २४ घण्टासम्म विद्युत् उपभोग गरेका २५ निजी उद्योगको बक्यौता पाँच अर्ब ४८ करोड ४५ लाख छ ।

बक्यौता नतिर्ने ३१ निजी उद्योग भए पनि ६ वटाले अदालतबाट अन्तरिम आदेश पाएका कारण तत्काल कारबाहीबाट जोगिएका छन् । प्राधिकरणका अनुसार ३१ उद्योगको कुल बक्यौता ६ अर्ब ४६ लाख ४२ हजार छ ।

‘६ उद्योगको लाइन तिहारअघि नै काटेका थियौँ, अरू १८ उद्योगको शुक्रबार काटिएको हो । एभरेस्ट पेपर मिलले भने नियमित महसुल नै नतिरेका कारण यसअघि नै लाइन काटिएको थियो,’ प्राधिकरणका प्रवक्ता राजन ढकालले भने, ‘बक्यौता नतिर्ने निजी उद्योग ३१ वटा भए पनि ६ वटाले अदालतबाट अन्तरिम आदेश पाएका कारण ती उद्योगमा भने लाइन काटिएको छैन ।’

प्रवक्ता ढकालका अनुसार ४ कात्तिकमा जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्समा लाइन काटिएको थियो । तर, अहिलेसम्म कुनै पनि उद्योगी प्राधिकरणको सम्पर्कमा आएका छैनन् । अधिकांशको लाइन शुक्रबार काटिएकाले आइतबार कार्यालय खुलेपछि सम्पर्कमा आउने अपेक्षा प्राधिकरणको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img