आइतबार दुई बजेका लागि बोलाइएको प्रदेश १ संसद्को बैठक अझै सुरू हुन सकेको छैन। ११ बजेदेखि जारी कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपाका दुई समूहको कुरा नमिल्दा बैठक ढिलाइ भइरहेको हो।कार्यव्यवस्था समितिको बैठमा सत्तारूढ नेकपाका सांसदहरूले सूचना टाँसेर केही दिन संसद रोक्न गरेको मागको प्रस्ताव दाहाल नेपाल पक्षसहित अरू दलले मानेनन्।
मुख्यमन्त्री शेरधन राईविरूद्ध उनकै दलका बहुमत सांसदले दर्ता गरेको अविश्वासको प्रस्ताव टेबल हुने भनिएको आजको बैठक अब केही ढिला गरि सुरू हुने संकेत देखिएको छ।कार्यव्यवस्था बैठकमा मुख्यमन्त्री शेरधन राई पक्षका तर्फबाट आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले कम्तिमा एक दिनका लागि भए पनि संसद बैठक रोक्न प्रस्ताव राखेका थिए। तर बाँकी दलले नमानेपछि बैठक ढिलो गरि सुरू हुने भएको हो।प्रचण्ड-पाल पक्षले अविश्वास प्रस्ताव छल्न ओली पक्षले अराजनीतिक अडान देखाएको भन्दै तत्काल बैठक सुरू गर्न माग गरिरहेको छ।