दलित जेन जि एलाइन्सकाे केन्द्रीय कार्यालय उद्घाटनःसरकारसँग दलितका मुद्दा र माग लिएर जाने घाेषणा,देशैभर विस्तार गर्ने तयारी
ललितपुर,दलित जेन जि एलाइन्सले ललितपुरकाे ग्वार्खाेमा केन्द्रीय कार्यालय स्थापना गरेकाे छ। शनिबार कार्यालय उद्घाटन गर्दै एलाइन्सले केहि समय पहिले काठमाडाैँमा केहि दलित युवाहरूले घाेषणा गरेकाे एलाइन्सले कार्यालय खाेलेर अव वृहतरूपमा अगाडी बढ्ने घाेषणा गरेकाे हाे।
कार्यक्रममा दलित नागरिक समाजका अध्यक्ष माेतिलाल नेपाली,डा.मान विके,डा.मित्र परियार,अधिवक्ता त्रिलाेक चन्द विश्वास वि.के लगाएत दलित समुदायका जेन जि युवाहरूकाे उपस्थिति रहेकाे थियाे।
तत्काल प्रधानमन्त्री शुसिला कार्की लगाएतका सरकारका मन्त्रीहरूलाइ भेटेर सरकारसँगकाे जेन जी प्रतिनिधि छलफलमा बाेलाउनु पर्ने,मन्त्री लगाएत अन्य राजनीतिक नियुक्तीहरूमा दलित समुदायलाइ जनसंख्याकाे आधारमा नियुक्ती गर्नपर्ने लगाएतका माग राख्ने एलाइन्सका संयाेजक जिवन तिरूवाले बताए।
उनले थपे “मेराे संयाेजकत्वमा केन्द्रीय कार्यसमिति सहित दलित एलाइन्स बनेकाे दलित समुदायकै विद्वान व्यक्तित्वहरू सल्लाहकार रहेकाेले अव अभियानलाइ देशैभर फैलाउने र अन्य दलित जेन जी संगठन र युवाहरूलाइ एकतामा आउन अपिल गर्न पनि चाहन्छाैँ।”